बैशाख २१, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ ३१ गते दोस्रो चरणको चुनाव हुन नसक्ने निर्वाचन आयोगलाई जानकारी गराएको छ । साथै पहिलो चरणको निर्वाचन लगत्तै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २१, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ ३१ गते दोस्रो चरणको चुनाव हुन नसक्ने निर्वाचन आयोगलाई जानकारी गराएको छ । साथै पहिलो चरणको निर्वाचन लगत्तै "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणको चुनाव जेठ १५ भित्रै गर्नुपर्छ: एमाले

२१ बैशाख २०७४, बिहीबार १०:०६

बैशाख २१, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ ३१ गते दोस्रो चरणको चुनाव हुन नसक्ने निर्वाचन आयोगलाई जानकारी गराएको छ । साथै पहिलो चरणको निर्वाचन लगत्तै मत गणना गर्न नहुने बताएको छ ।

संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा आयोग कार्यालय कान्तिपथ पुगेका एमाले नेताहरुले चारबुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । दोस्रो चरणको चुनावको मिति घोषणा गर्दा आफूहरुसँग कुनै परामर्श नभएको र एक महिनाको अन्तर राखेकोमा उसको असन्तुष्टि छ । 

एमालेले जेठ ३१ गते इश्लाम धर्मालम्बीहरुको पवित्र दिन रमजान परेको तथ्य निर्वाचन आयोगलाई स्मरण गराएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने घोषणा गरेको छ ।

‘उक्त दिन ईश्लाम धर्मालम्बीहरुको महान पर्व एवं पवित्र दिन रमजानको दिन हो भन्ने कुरालाई सामान्य रुपमा हेक्का समेत नराखी निर्वाचन मिति तोकिनु विडम्बनापूर्ण छ’ एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगलाई बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ ‘दोस्रो चरणको निर्वाचनको दिन भनी तोकिएको उक्त दिन उल्लेखित कारणले समेत निर्वाचन हुन नसक्ने कुरा तर्फ त्यस आयोगको ध्यानाकर्षण गराउँदछौ ।’ 

संविधानको धारा ११९ को उपधारा (३) ले आर्थिक वर्षको राजश्व र यसको अनुमान प्रत्येक वर्ष जेष्ठ १५ गते संघिय संसदमा पेश गर्ने व्यवस्था गरेको छ । ‘संविधानले गरेको यो सुनिश्चित र प्रष्ट व्यवस्था हो । 

हाम्रो संवैधानिक व्यवस्थाको सन्दर्भमा नविनतम एवं प्रयोगमा आईसकेको व्यवस्था समेत हो । यसलाई वेवास्ता गर्ने, पालना नगर्ने वा अन्यथा गर्ने छुट हामी कसैलाई नभएको व्यहोरा समेत स्पष्ट छ’ ध्यानाकर्षणपत्रमा भनिएको छ‘त्यसैले दुई चरणको निर्वाचनका नाममा उल्लेखित संवैधानिक वाध्यात्मक व्यवस्थालाई देखाएर न त सरकारले संसद समक्ष नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतिलाई टार्न मिल्दछ, न त बजेटका माध्यमबाट मतदातालाई प्रभावित गरेर निर्वाचनको निष्पक्षतामाथि नै आँच पु¥याउन मिल्दछ । 

तसर्थ संविधानको उल्लेखित एवं प्रष्ट व्यवस्थालाई मध्यनजर गर्दै २०७४ साल जेष्ठ १५ गते अगावै निर्वाचन सम्पन्न गर्ने उपयुक्त व्यवस्थाका सन्दर्भमा नेपाल सरकारलाई स्पष्ट परामर्श गर्न आयोगको ध्यानाकर्षण गराउँदछौ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता