४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश नगरबाट ४२ जनाको उम्मेदवारी फिर्ता, कहाँबाट कसले फिर्ता लिए ?

२१ बैशाख २०७४, बिहीबार १३:२९

बैशाख २१, काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ जिल्लाका १० नगरपालिकामा ४२ जना उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

मङ्गलबार उम्मेदवारी दर्ता गराएका अधिकांश स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आज अपराह्न १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । उम्मेदवार फिर्ता लिनेमा बढी वडाध्यक्ष र सदस्य छन् । प्रमुख पदमा उम्मेदवारी दिएका चार जनाले फिर्ता लिएका छन् । नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुरका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका एक एक जनाले फिर्ता गरेका हुन् । 

नागार्जुनमा मोहनराज गिरी, गोर्कणेश्वरमा वामनकुमार चालिसे, कागेश्वरी मनहरामा सुमन अधिकारी र शङ्खरापुरबाट सुदन केसीले उम्मेदवारी फिर्ता लिनुभएको हो । सबभन्दा बढी चन्द्रागिरिमा ११ जनाले फिर्ता लिएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो । यस्तै बूढानीलकण्ठमा एक जनाले मात्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराउनुभयो । 

यस्तैगरी नागार्जुन र गोकर्णेश्वरमा तीन तीन, तारकेश्वरमा नौ, मनहरामा पाँच, टोखा र कीर्तिपुरमा चार चार र शङ्खरापुरमा दुई जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । दश नगरपालिकामा पाँच सय ५० निर्वाचित हुनुपर्नेमा मङ्गलबार दुई हजार छ सय २४ जनाले उम्मेदवारी दिनुभएको छ । नगरप्रमुखका लागि एक सय ३५ तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता