४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो चरणको निर्वाचनमा ५० हजार उम्मेदवार

२२ बैशाख २०७४, शुक्रबार १२:०७

बैशाख २२, काठमाडौँ  । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरु करिब आधा लाख छन् ।

पहिलो चरणमा निर्वाचन हुने तीन प्रदेशअन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार सात सय ५४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले शुक्रवार आज जनाएको छ ।

उक्त निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष तथा प्रमुखमा हजार नौ सय ४३, उपप्रमुख तथा उपाध्यक्षमा एक हजार चार सय ४५, वडाध्यक्ष १० हजार नौ सय ६०, दुई वडा सदस्यमा १८ हजार छ सय ८४, महिला वडा सदस्य नौ हजार एक सय ३९, दलित महिला वडा सदस्यमा सात हजार पाँच सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको १३ हजार पाँच सय ५६ पदका लागि उक्त उम्मेदवारी परेको हो ।

सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाका आठ सय ८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफु गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

यस्तै पोखरा–लेखनाथ महानगरपालिकामा आठ सय ६५, भरतपुर महानगरपालिकामा सात सय र ललितपुर महानगरपालिकामा छ सय ३८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराएकामध्ये एक हजार चार सय ९८ जनाले उम्मेदवारी फिर्ता लिएको विवरण हालसम्म आयोगमा प्राप्त भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता