४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन नगरपालिकाको सैखोलामा एमालेको चुनावी सभा सम्पन्न

२३ बैशाख २०७४, शनिबार ०२:५९

वैशाख २३, बुर्तिबाङ । यही वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागी नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियान अन्र्तगत ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ र ६ को संयुक्त चुनावी सभा शुक्रबार सैखोलामा भएको छ ।

चुनावी सभामा वोल्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोहनलाल शर्माले विकास समृद्धि र स्वाभिमानको रक्षाका लागी नेकपा एमालेलाई विजयी गराउन आग्रह गर्नु भएको थियो । 

त्यस्तै ढोरपाटन नगरपालिका नेकपा एमालेका मेयर पदका उम्मेदवार देव कुमार नेपालीले स्थानिय तहको निर्वाचनमा आफुलाई विजयी गराउन आग्रह गर्नुभयो । आफुलाई सधै यस क्षेत्रको विकास र समृद्धि चाहेको भन्दै नेपालीले निर्वाचनमा आफु विजयी भएपनि नभएपनि ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ र ६ का सबै दलित वस्तीका खरले छाएको घरलाई छाउनका लागी आफ्नो व्याक्तित तर्फबाट करकट पाता सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा उपमेयर पदका उम्मेदवार करमती घर्ती दधिराम शर्मा ढोरपाटन नगरपालिका वडा नम्बर ५ का एमाले पार्टी संयोजक दिपेन्द्र पुन पुराना वामपन्थी नेता वेग वहादुर पुन लगाएतले मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर ५ का एमाले पार्टी संयोजक दिपेन्द्र पुनको अध्यक्षता अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोहनलाल शर्माको प्रमुख आतिथ्यता र सुनिल कुमार घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । -खेमराज अर्यालको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता