बैशाख २४, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २४, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । 
<"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा कडाइ

२४ बैशाख २०७४, आईतवार ०७:१६

बैशाख २४, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । 

परिसरका प्रवक्ता प्रद्युम्नकुमार कार्कीले स्थानीय तहको निर्वाचनका समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने उद्देश्यले महाशाखाले सुरक्षा व्यवस्थामा कडाइ गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत चैत १५ गतेदेखि हालसम्म पाँच हजार ६३३ व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेर छाडेका छौँ ।” 

निर्वाचनका समयमा अप्रिय घटना नहोस् भन्ने उद्देश्यका साथ गुन्डागर्दी गर्दै हिँडेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही पनि गरेको परिसरले जनाएको छ । 

यस्तै परिसरले भक्तपुर र ललितपुर परिसरसँग मिलेर अवैध हातहतियार, विस्फोटक पदार्थका कारोबार एवम् प्रयोगमा नियन्त्रण गर्न नाकामा २४ सै घन्टा ‘चेक प्वाइन्ट’ खडा गरी जाँच गर्ने व्यवस्था मिलाएको तथा लागुऔषध र अवैध सामान भित्रिनसक्ने कुरालाई ध्यानमा राखी नाकामा बसेर शङ्का लागेका व्यक्तिलाई जाँच गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । 

यसैगरी परिसरले लागुऔषध ओसारपसार, अपहरण, कर्तव्य ज्यान आदिमा फरार अभियुक्तलाई पक्राउ गरी थुनामा समेत पठाएको छ । वैशाख ३१ गते काठमाडौँ जिल्लाका एक महानगरपालिका र १० नगरपालिका गरी ११ स्थानीय तहको मतदान छ सय ८७ मतदान केन्द्रमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता