बैशाख २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउँछु: बज्राचार्य

२४ बैशाख २०७४, आईतवार ०८:५३


बैशाख २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

शनिबार यहाँ भएको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा दुवै पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा साझा उम्मेदवार बन्नुभएका बज्राचार्यले महानगर प्रमुख बनेपछि फोहर, ढल, खानेपानी, सडक, सडक बत्ती, पार्किङको व्यवस्थापनका साथमा महानगरमा शिक्षाको गुणस्तर वृद्धि गर्ने बताउनुभयो । 

प्रत्येक वडामा स्वास्थ्य चौकीको स्थापना गर्ने उहाँको योजनामा छ । आफू २३ वडाको वडाध्यक्ष रहँदा साथै सभासद् तथा काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख रहँदा आफूले निकै उपलब्धिमूलक कामको थालनी गरेको स्मरण दिलाउँदै उहाँले ती कामलाई फेरि बदलिँदो परिवेशअनुसार निरन्तरता दिने बताउनुभयो । 

दुवै पार्टीका तर्फबाट उपप्रमुखका साझा उम्मेदवार नयाँ शक्ति पार्टीका सविना अर्यालले विकासका लागि काठमाडौँ आफैँ सक्षम भएको र यहाँ व्यवस्थापनको मात्रै खाँचो रहेको बताउनुभयो । अर्यालले काठमाडौँको स्रोत र साधनलाई नै सदुपयोग गर्दै उचित व्यवस्थापन गर्ने र काठमाडौँलाई सबैले सपनामा देखेको जस्तो सहरको रुप दिने बताउनुभयो । 

कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले राजनीतिक क्षेत्रमा अस्वस्थ अभ्यास सुरु भएको बताउँदै देश र नगरको विकासका लागि निःस्वार्थ भावना लिएर अघि बढ्नुपर्ने सबैसँग आग्रह गर्नुभयो । 

नयाँ शक्ति पार्टी नेपालका नेता पर्शुराम तामाङले दलीय प्रतिस्पर्धाका कारण विकास गतिविधि ओझेलमा परेकाले आफ्नो पार्टीले विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । 

कार्यक्रममा प्रमुखका उम्मेदवार बज्राचार्य, उपप्रमुखका उम्मेदवार अर्याल, फोरमका सहअध्यक्ष श्रेष्ठ, नयाँ शक्तिका नेता तामाङ, नेता हिसिला यमीले दुवै पार्टीको संयुक्त घोषणापत्रलाई सार्वजनिक गर्नुभएको थियो । यसपालिको स्थानीय तहको चुनावमा एउटा हातमा मसाल बोकेको चुनाव चिह्नसहित फोरम र नयाँ शक्तिको संयुक्त मोर्चा चुनावी मैदानमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता