बैशाख २४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । 

प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । 

प"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आफ्नो उन्नति, आफैँ गरौँ’ नारासहित घरदैलो सुरु

२४ बैशाख २०७४, आईतवार ११:४५


बैशाख २४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । 

पहिलो चरण तथा दोस्रो चरणमा हुने निर्वाचनमा सो नारा लिएर जनतालाई पार्टीका कार्यक्रमका बारे बुझाइने छ । 

काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा घरदैलो भइरहेको छ, सोही कार्यक्रममार्फत पार्टीले अवलम्बन गरेको सनातन हिन्दू राष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्तशासन प्रणालीका बारेमा जनतालाई आश्वस्त बनाउन नेता तथा कार्यकर्ता लागिपरेका छन् । यही वैशाख २७ गते सो घरदैलो कार्यक्रम समापन गरिने छ । 

पार्टीले अवलम्बन गरेको आर्थिक उदारवादलाई वैचारिक आधार स्तम्भका रुपमा अवलम्बन गरी स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीयवासीको सहभागिता सुनिश्चित गर्न सो नारा तय गरिएको हो । 

मुलुकमा प्रचलनमा रहेका विभिन्न धर्म, जाति, संस्कृति, भाषा र वेशभूषालाई स्थानीय तहमा संरक्षण गर्ने नीति लिइएको काठमाडौँ महानगरपालिकाका उपप्रमुखका उम्मेदवार राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

स्थानीय धर्म–संस्कृतिलाई देशभर र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनक गाउँ÷नगरपालिकामा हिन्दू र बौद्ध शैलीका मन्दिर, सत्सङ्ग भवन र धर्मशालाको निर्माण गरी स्थानीय साझेदारलाई सञ्चालनको जिम्मेवारी दिइनेछ । यसबाट उठ्ने भेटी स्थानीय शिक्षा र स्वास्थ्य क्षेत्र तथा निःसहायहरुको कल्याणमा खर्च गरिने राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका महासचिव सरस्वती केसीले जानकारी दिनुभयो । 

पार्टीले आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर (स्मार्ट सिटी) को रुपमा विकास गर्ने लक्ष्य लिएको छ । प्रत्येक गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँको रुपमा विकसित गराउने पार्टीको लक्ष्य राखेको छ । 

राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य प्राप्तिको क्रममा निर्वाचन महत्वपूर्ण कोसेढुङ्गा र खुड्किलो हुने स्थानीय तह निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचार समितिका संयोजक किरण गिरीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता