बैशाख २४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । 

प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । 

प"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आफ्नो उन्नति, आफैँ गरौँ’ नारासहित घरदैलो सुरु

२०७४, २४ बैशाख आईतवार ११:४५


बैशाख २४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । 

पहिलो चरण तथा दोस्रो चरणमा हुने निर्वाचनमा सो नारा लिएर जनतालाई पार्टीका कार्यक्रमका बारे बुझाइने छ । 

काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा घरदैलो भइरहेको छ, सोही कार्यक्रममार्फत पार्टीले अवलम्बन गरेको सनातन हिन्दू राष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्तशासन प्रणालीका बारेमा जनतालाई आश्वस्त बनाउन नेता तथा कार्यकर्ता लागिपरेका छन् । यही वैशाख २७ गते सो घरदैलो कार्यक्रम समापन गरिने छ । 

पार्टीले अवलम्बन गरेको आर्थिक उदारवादलाई वैचारिक आधार स्तम्भका रुपमा अवलम्बन गरी स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीयवासीको सहभागिता सुनिश्चित गर्न सो नारा तय गरिएको हो । 

मुलुकमा प्रचलनमा रहेका विभिन्न धर्म, जाति, संस्कृति, भाषा र वेशभूषालाई स्थानीय तहमा संरक्षण गर्ने नीति लिइएको काठमाडौँ महानगरपालिकाका उपप्रमुखका उम्मेदवार राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

स्थानीय धर्म–संस्कृतिलाई देशभर र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनक गाउँ÷नगरपालिकामा हिन्दू र बौद्ध शैलीका मन्दिर, सत्सङ्ग भवन र धर्मशालाको निर्माण गरी स्थानीय साझेदारलाई सञ्चालनको जिम्मेवारी दिइनेछ । यसबाट उठ्ने भेटी स्थानीय शिक्षा र स्वास्थ्य क्षेत्र तथा निःसहायहरुको कल्याणमा खर्च गरिने राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका महासचिव सरस्वती केसीले जानकारी दिनुभयो । 

पार्टीले आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर (स्मार्ट सिटी) को रुपमा विकास गर्ने लक्ष्य लिएको छ । प्रत्येक गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँको रुपमा विकसित गराउने पार्टीको लक्ष्य राखेको छ । 

राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य प्राप्तिको क्रममा निर्वाचन महत्वपूर्ण कोसेढुङ्गा र खुड्किलो हुने स्थानीय तह निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचार समितिका संयोजक किरण गिरीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर