५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता शिक्षाका लागि मोबाइल भ्यान सञ्चालन सुरु

२४ बैशाख २०७४, आईतवार १२:४१

बैशाख २४, काठमाडौँ । निर्वाचन आयोगले मोबाइल भ्यानका माध्यमबाट मतदाता शिक्षा दिने कार्य आजदेखि सुरु गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग परिसरमा आयोजित समारोहमा उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै उहाँले भौगोलिक विकटता, सञ्चार र यातायातको असुविधाका बाबजुद निर्वाचन कार्यक्रम निकै उत्साहजनक रुपमा अघि बढिरहेको बताउनुभयो । 

डा यादवले भन्नुभयो, “बदर मत घटाउन र सदर मतको सङ्ख्या बढाउन मतदाता शिक्षा ज्यादै आवश्यक छ, आयोगले आजदेखि विशेष किसिमको मतदाता शिक्षाको अभियान सुरु गरेका छौँ, यो अभियान सहज र सघनरुपमा मतदाताको घरदैलो र टोलटोलमा पु¥याइनेछ ।” 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन आयोगबाट विभिन्न तहमा अनुगमनकर्ता परिचालन गरिएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदानका लागि मतदातालाई प्रेरित गर्ने कार्यमा जुट्न सबैलाई आह्वान गर्नुभयो । 

आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि आयोगबाट २१ हजारको सङ्ख्यामा सामाजिक परिचालक र शिक्षक खटाइको जानकारी दिनुभयो । 

आयोग परिसरबाट मतदाता शिक्षाको सन्देश प्रचारप्रसार गर्दै तीनवटा मोबाइल भ्यान पाटन, भक्तपुर र बालाजुतर्फ छुटेका थिए । सन्देशमा मत सङ्केत गर्ने तरिका, स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने तरिकालगायतका बारेमा जानकारी दिने र मतदातालाई मतदानका लागि प्रेरित विषयवस्तु समेटिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता