बैशाख २५, काठमाडौँ । नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २५, काठमाडौँ । नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ । 
५ पुष २०८२, शनिबार
काठमाडौँ - KTM

‘नेपाली कांग्रेस निष्पक्ष चुनाव चाहन्छ’

२५ बैशाख २०७४, सोमबार ११:२४

बैशाख २५, काठमाडौँ । नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ । 

“नेकाले आफ्नो सम्पूर्ण ध्यान आसन्न स्थानीय तहको निर्वाचनमा लगाएको छ, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्ना सीमारेखा र मर्यादाभित्र बस्नुपर्छ, पछिल्लो समय यी निकायबीचका क्षेत्राधिकारमा देखिएका भनिएका विषयमा आफ्नो आधिकारिक धारणा निर्वाचनपछि सार्वजनिक गर्नेछ” केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले भन्नुभयो । 

स्थानीय तहका निर्वाचनका पछिल्ला गतिविधिबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक लेखकले नेकाले आफ्नो बल र ऊर्जा निर्वाचनमा लगाएको छ, निर्वाचनपछि मात्र ती तीन निकायका क्षेत्राधिकारमाथि देखिएका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो । 

“नेका आफ्नो स्थापनादेखि नै स्वतन्त्र, निष्पक्ष, मर्यादित न्यायपालिकाको पक्षमा रहेको छ, न्यायपालिकालाई उच्च सम्मान गर्छ, अदालतका आदेश एवम् काम स्वतन्त्र, निष्पक्ष र मर्यादित हुन्छ भन्ने विश्वासमा पार्टी रहेको छ”– उहाँले भन्नुभयो । 

संयोजक लेखकले संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको र संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन हुन लागेको चर्चा गर्दै यी दुवै कार्य सरकारले एकसाथ अगाडि बढाएको उल्लेख गर्नुभयो । 

तराई-मधेस एवम् अन्य समुदायले उठान गरेका माग संविधान संशोधनमार्फत सम्बोधन हुने चर्चा गर्दै उहाँले छिट्टै संविधान संशोधनको प्रस्ताव पारित हुने विश्वाससमेत व्यक्त गर्नुभयो । 

नेका निष्पक्ष चुनाव चाहन्छ 

संयोजक लेखकले चितवन, धादिङलगायत केही जिल्लामा नेका चुनाव प्रसारप्रसारमा परिचालन भएका यातायात साधनमाथि तोडफोड एवम् आगजनी गरी पु¥याएको क्षतिको भत्र्सना गर्दै यस्तो कार्यले पार्टी विचलित नहुने पत्रकार सम्मेलनमा बताउनुभयो । 

“हामी निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा दुवै चरणका निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छाँै, यसका लागि हामी अनुशासित, मर्यादित रुपमा लागिरहेका छौँ” – उहाँले भन्नुभयो । 

सञ्चारकर्मीको एक जिज्ञासामा संयोजक लेखकले स्थानीय आवश्यकताअनुसार नै केही जिल्लामा अन्य पार्टीसित चुनावी तालमेल भएको हो, तालमेल गरेका स्थान र जिल्लामा अब कुनै समस्या र द्विविधा नरहेको स्पष्टसमेत पार्नुभयो । 

उहाँले आम मतदातालाई निर्धक्क रुपमा आफूले मन पराएका पार्टीका उम्मेदवारलाई अगामी वैशाख ३१ गते मत खसाल्न आग्रह गर्दै ती मतले नै लोकतन्त्रको जराका रुपमा स्थानीय सरकार उभिन्छ भन्नुभयो । 

संयोजक लेखकले आफ्नो पार्टीले मतदान गर्ने तरिकाका बारेमा आम मतदातामा मतदाता शिक्षा सञ्चालनसमेत गरिराखेको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ