बैशाख २५, काठमाडौँ । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने भएको छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २५, काठमाडौँ । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने भएको छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको ‘एक क्षेत्र एक मार्ग’अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय

२०७४, २५ बैशाख सोमबार १२:४१

बैशाख २५, काठमाडौँ । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने भएको छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । चीन सरकारले अगाडि सारेको यो अवधारणाको प्रस्तावलाई नेपालले निकै महत्वका साथ हेरेको र यसबाट लाभ लिने विषयमा नेपालका स्वतन्त्र विद्वान्को सुझाव लिएर अगाडि बढ्ने रणनीति तय गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताउनुभयो । 

बैठकले दक्षिण अमेरिकी देश एलसाल्भाडोरसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने तथा यही वैशाख २९ गतेदेखि थाइल्यान्ड र श्रीलङ्काका लागि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । 

बैठकले राजविराजलगायत स्थानमा मधेस आन्दोलनमा मारिएका सन्जन महतो, आनन्द साह, पीताम्बरलाल मण्डल, वीरेन्द्र महतो र किरण यादव, मोरङमा मारिएका वासुदेव साह तथा ताप्लेजुङमा मारिएका वन रक्षक गणेशबहादुर शाहीलाई सहिद मान्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ उपत्यकाका चारै सुर(चार किनारा)मा चार नयाँ सहर सुरुआत गर्ने निर्णय पनि भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर