बैशाख २६, म्याग्दी । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २६, म्याग्दी । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनीलाई देशकै नमुना बनाउने प्रतिबद्धता

२६ बैशाख २०७४, मंगलवार ०३:४१


बैशाख २६, म्याग्दी । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेका छन् । 

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आकर्षित गरी आफ्नो पक्षमा भोट माग्नका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले यस्तो प्रतिबद्धता गरेका हुन् । 

नेपाली काँग्रेसले बेनी नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउनका लागि नगरपालिकाका हरेक वडामा उद्योगको स्थापना गरी रोजगारी उपलब्ध गराउने महत्वाकांक्षी योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । 

त्यसैगरी, एमालेले बेनी नगरपालिकाका विभिन्न ठाउँमा सिटी सेन्टरको स्थापना गर्नुका साथै गोठगोठमा नै पुगेर बिरामी पशुको स्वास्थ्योपचार गर्नेसम्मको प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी, माओवादी केन्द्रले उज्यालो म्याग्दी र सुपरजोनसम्मको प्रतिबद्धता व्यक्त गरेको छ । 

कुल ७६ दशमलव ५७ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको, ३३ हजार ४९८ जनसङ्ख्या र १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउन सकिने पर्याप्त सम्भावना रहेका एमालेको तर्फबाट बेनी नगरपालिकाको प्रमुखका उम्मेदवार प्रमोद श्रेष्ठले बताउनुभयो । 

युवा पलायन र दक्ष जनशक्ति मुख्य चुनौती रहेको म्याग्दी जिल्ला र जिल्लाको केन्द्र मानिएको बेनी नगरपालिकामा अधिकांश ग्रामीणबस्ती समेटिएका छन् । 

अझसम्म पनि शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका आधारभूत सुविधासमेत उपभोग गर्न नपाएका जनताले दलहरुका महत्वकांक्षी प्रतिबद्धतालाई ‘चुनाव जित्नका लागि काउले बोली’ भनेर अविश्वास जनाउने गरेका छन् । 

मतदाताले दल र उम्मेदवारलाई नारा र महत्वाकांक्षी प्रतिबद्धता होइन सुशासन र जनतालाई सुविधा पुग्ने खालका पत्यारलाग्दा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गदै चुनाव जितेपछि आफूले गरेका प्रतिबद्धता नभुल्नसमेत आग्रह गरेका छन् । 

उन्नाइस वर्षपछि यही वैशाख ३१ गते सङ्घीय संरचनाअनुसार हुन लागेको स्थानीय तहको पहिलो निर्वाचनमा मतदान गर्नका लागि व्यग्र प्रतिक्षा गरिरहेका मतदाताले निर्वाचनपछि, विकासभन्दा पहिले सुशासन र जनप्रतिनिधि भएको महसुस हुनेगरी काम गर्ने उम्मेदवारलाई जिताउनु पर्ने प्रतिक्रिया दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य