बैशाख २६, काठमाडौँ । पैसठ्ठीऔँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २६, काठमाडौँ । पैसठ्ठीऔँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर प"/>

७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यका अङ्गहरुले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ: प्रधानन्यायाधीश

२६ बैशाख २०७४, मंगलवार १३:३३


बैशाख २६, काठमाडौँ । पैसठ्ठीऔँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको छ । 

सर्वोच्च अदालत परिसरमा आयोजना भएको सो समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी बनाउन लागिरहेको बताउनुभयो । 

“न्यायमा सर्वसाधरणको पहुँच बढाउन र वास्तविक अर्थमा कानुनको शासनलाई साकार तुल्याउन कानुन दिवसले थप हौसला प्रदान गरोस्”– उहाँले भन्नुभयो । 

प्रधानन्यायाधीश कार्कीले स्वतन्त्र र सक्षम न्यायपालिका लोकतन्त्रको धरोहर भएको उल्लेख गर्दै जनताको हकअधिकार प्रतिकूल क्रियाकलाप गरिनु कोही कसैको हितमा नहुने बताउनुभयो । 

“न्यायपालिका एउटा मान्यता र पद्धतिमा चल्ने राज्यको एक संवेदनशील निकाय हो, कुनै वर्ग वा व्यक्तिगत स्वार्थका आधारमा न्यायपालिकाको स्थापित मूल्य र मान्यतामा कहीँ कतैबाट अतिक्रमण हुनु कसैको पनि हितमा हुँदैन” उहाँले भन्नुभयो– “न्यायपालिकाको स्वतन्त्रतामा कुठाराघात भएमा कानुनको शासन धरमराउँछ, प्रजातन्त्र डगमगाउँछ, नागरिकका हकअधिकार प्रवद्र्धन कठिन हुन पुग्छन् ।” 

प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गरी सक्षमता अभिवृद्धि गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै न्यायपालिकाको समसामयिक सुधार, न्यायिक प्रक्रियाको सरलीकरण, न्यायिक कम कारबाहीलाई छिटोछरितो एवम् न्यायमा पहुँच बढाउने तथा न्यापालिकाप्रति जनआस्था अभिवृद्धि गर्ने लक्ष्यका साथ न्यायपालिकाले पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ भन्नुभयो । 

नेपाली जनताको त्याग, समर्पण र बलिदानको परिणामस्वरुप जारी भएको नेपालको संविधानको सफल कार्यान्वयन राष्ट्रिय प्राथमिकताको सर्वाधिक महत्वपूर्ण विषय बनेको बताउँदै उहाँले मानव अधिकार, कानुनको शासन, संविधानवाद र समावेशीतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रधानन्यायाधीश कार्कीले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका अङ्गहरु आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं “राज्यका प्रमुख अङ्गहरु एक आपसमा प्रतिस्पर्धी नभएर सहकार्यताको भावनाका साथ आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।” 

समारोहमा पूर्वप्रधानन्यायाधीशहरु, प्रधान सेनापति, मुख्य सचिव, सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका न्यायाधीश तथा कानुनव्यवसायीको पनि सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?