पर्वत,  नेकपा एमालेले चुनावको मुखमा पाइप बितरण गर्न थालेको छ । पछिल्लो समयमा वडा वडामा काँग्रेसको माहौल बढेपछि मत प्रभावित पार्न पाइप बितरण गर्न थालेको हो । सदरमुकाम कुश्माबाट चुवाको बिबिराबोटतर्फ गाडीमा लग्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,  नेकपा एमालेले चुनावको मुखमा पाइप बितरण गर्न थालेको छ । पछिल्लो समयमा वडा वडामा काँग्रेसको माहौल बढेपछि मत प्रभावित पार्न पाइप बितरण गर्न थालेको हो । सदरमुकाम कुश्माबाट चुवाको बिबिराबोटतर्फ गाडीमा लग्"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

चुनावको मुखमा पाइप बितरण गर्दै एमाले, आचारसंहिता विपरीत चुनावी प्रचार

२७ बैशाख २०७४, बुधबार ०४:०९

बैशाख २७, पर्वत नेकपा एमालेले चुनावको मुखमा पाइप बितरण गर्न थालेको छ । पछिल्लो समयमा वडा वडामा काँग्रेसको माहौल बढेपछि मत प्रभावित पार्न पाइप बितरण गर्न थालेको हो । सदरमुकाम कुश्माबाट चुवाको बिबिराबोटतर्फ गाडीमा लग्दै गरेको अवस्थामा प्रहरीले मंगलबार पाइप नियन्त्रणमा लिएको छ ।

चुनावको मुखमा उम्मेदवारले मत प्रभावित पार्नका लागि लगेको भन्दै सुचनाको आधारमा प्रहरीले ग१ज २५७८ नम्बरको बोलेरो जीपसहित पाइप नियन्त्रणमा लिएको हो । ‘चुनावलाई लक्षित गरेर एमालेले बितरण गरेको पाइप भएको ठम्याइसहित प्रहरीलाई खबर गरेका थियौ’ कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका अर्जुन क्षेत्रीले भने । सारथी न्यूजले खबर लेखेकाे छ ।

कुश्मा–८ का राजु सुबेदीले आफ्नो घर प्रयोजनका लागि पाइप कुश्माबाट ल्याएको दाबी गरे । उनले आफ्नो घरमा ल्याउने योजनाको प्रयोजनका लागि दाबी गरेपनि उनको घरमा पहिले नै पानीको धारा आइपुगेको छ । उनले पाँच सय मिटर पाइप ल्याएको बताएपनि जीपमा २० एमएमको पाँच क्वाइल पाइप भेटिएको छ । २० एमएमको पाइपमा प्रति क्वाइल तीन सय मिटर हुन्छ । त्यसले पनि सुवेदीले हतारमा बोलेको पाइएको छ ।

सुवेदीले कुश्माको बिशाल हार्डवयरबाट किनेर ल्याएको बताएपनि उनीसँग खरिद बिल देखाउन मानेनन् । अन्त्यमा प्रहरीले जीपसहित पाइप जिल्ला प्रहरी कार्यालयमा लगेपछि हतार–हतार बडागाउँस्थित बिशाल हार्डवयरमा पुगेर पाँच सय मिटर पाइपको बिल बनाएका थिए । पछि सुवेदीले पाँच सय मिटर पाइपको बिल प्रहरीमा बुझाएपछि छाडिएको थियो । जीपमा एक हजार पाँच सय मिटर पाइप रहेपनि पाँच सय मिटरको बिल ल्याएर प्रहरीले छाडेपछि घटना थप रहस्यमय भएको छ ।

http://sarathinews.com/wp-content/uploads/2017/05/

जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालले जीपमा पाइप लग्दै गरेको अवस्थामा एमाले र काँग्रेस पक्षबिच बिवाद भएपछि नियन्त्रणमा लिएर कागजात ल्याएपछि कसैलाई बितरण नगर्ने सर्तमा छाडिएको बताए । सुबेदीले एमालेका उम्मेदवारबाट पाइप गाउँमा बितरणका लागि लैजादै गर्दा आफुहरुले प्रहरीलाई उजुरी गरेको कुश्मा–८ का वडा अध्यक्षका उम्मेदवार राजकुमार क्षेत्रीले बताए । पाइप गाउँतर्फ लैजाने राजु सुवेदी हालै एमालेमा प्रवेश गरेका हुन । उनलाई नेकपा एमालेले गाउँमा मत प्रभावित पार्नका लागि बितरण गर्नका लागि पाइप दिएको स्रोतले बताएको छ ।

उता स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समिति पर्वतका संयोजक बिष्णु खरेलले आचारसंहिताबिपरित मतदातालाई प्रभावित पार्ने काम भएमा कारबाही हुने जानकारी दिए । निर्वाचन नजिकिदै गर्दा आचारसंहिता बिपरितका गतिविधि बढ्न थालेको छ । दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताबिपरित बाइक ¥याली, बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्मबाहेकको समयमा माइकिङ गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट