२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा पाँच दलित महिला सदस्य निर्विरोध

२०७४, २७ बैशाख बुधबार १०:४५

वैशाख २७, काठमाडौँ । काठमाडौँ जिल्लाको तीन नगरपालिकाबाट पाँच दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

टोखा, दक्षिणकाली र कीर्तिपुर नगरपालिकाबाट पाँच दलित महिला निविरोध निर्वाचित भएका हुन् । टोखाको वडा नं २ र ६ बाट क्रमशः प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए। दुवै जना नेपाली काँग्रेसका उम्मेदवार हुन् । 

यस्तै, दक्षिणकालीबाट पनि दुई दलित महिला सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार वडा नं ३ र ९ मा क्रमशः कृष्णकाली दर्नाल र मीना परियार निर्विरोध निर्वाचित भएका छन्। दुवै जना नेपाली काँग्रेसबाट उम्मेदवार बनेका हुन् । 

यस्तै, कीर्तिपुरका निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहका अनुसार वडा नं ८ बाट दलित महिला सदस्यमा सरस्वती परियार निर्विरोध निर्वाचित भएका छन् उनी भने नेकपा एमालेबाट उम्मेदवार बनेकी हुन् । 

शङ्खरापुरको वडा नं २ र ८ मा दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी परेको छैन । निर्वाचन अधिकृत भुवनेश्वर पौडेलका अनुसार यी दुई वडामा दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी परेन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर