२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारलाई जनताले खुवाए माटोको कसम

२०७४, २७ बैशाख बुधबार १०:५२

बैशाख २७, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले नगर निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलका नेतालाई भ्रष्टाचार नगरी विकास निर्माणमा लाग्न माटोको कसम खुवाएका छन् । 

काठमाडौँ रोबस्ट क्लबले आज भद्रवासमा आयोजना गरेको उम्मेदवारसँग परिचयात्मक एवम् अन्तक्र्रिया कार्यक्रममा स्थानीयवासीले दलका नेताहरु चुनावमा मत माग्न आउँदा सबै काम गर्छौं भनी वाचा गर्ने तर जितिसकेपछि प्रतिबद्धता बिर्सिएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्ने गरेको गुनासो गरेका थिए । 

स्थानीय श्रीराम सापकोटाले दलका नेताहरुले भ्रष्टाचार र कुशासन रोक्न नसक्दा स्थानीय तहसम्म संस्थागत बनेको बताउनुभयो । नेताको प्रभावका कारण सामुदायिक विद्यालयका शिक्षकहरुले जागिर खान विद्यालय जाने तर आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गर्दा सामुदायिक विद्यालयको गुणस्तर खस्किएकोमा स्थानीयवासीले नेताहरुको आलोचना गरेका थिए । 

शिक्षक राजनीतिक दलमा क्रियाशील भएकैले जे गरे पनि कारबाही नहुने गर्दा भद्रवासको आदर्श उच्च माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको स्थानीय ताराशरण कालिकाले बताउनुभयो । विद्यालय एउटा दलको पार्टी कार्यालय बनेको उहाँको भनाइ थियो । 

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का कागेश्वरी मनोहरा नगरपालिका प्रमुखका उम्मेदवार महेश्वर फुयाँल, राष्ट्रिय जनमोर्चाका नगर प्रमुख उम्मेदवार राजेन्द्र पुडासैनी, नेपाली काँग्रेसबाट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार हरिशरण ढकाल, नेकपा (एमाले)का ३ नम्बर वडा अध्यक्षका उम्मेदवार राममणि पुडासैनी, जनमोर्चाका ४ नम्बर वडा अध्यक्षका उम्मेदवार सङ्गम नगरकोटीलगायतले माटो हातमा लिएर जन भावना विपरीतका काम नगर्ने र विकास निर्माणका काममा ध्यान दिने कसम खानुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल