बैशाख २७, काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताउनुभएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २७, काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताउनुभएको छ ।&nbs"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान कार्यान्वयनका लागि काँग्रेसले जित्नुपर्छ’

२७ बैशाख २०७४, बुधबार १२:२३


बैशाख २७, काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताउनुभएको छ । 

काँग्रेसको प्रचारप्रसार उपसमितिले आज नेपाल प्रेस युनियनको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले संविधान कार्यान्वयनको दायित्व पनि आफ्नो पार्टीसँग भएकाले काँग्रेस विजयी हुनुपर्ने तर्क गर्नुभयो । 

संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि अहिलेको सत्ता गठबन्धन बनेको प्रसङ्ग उल्लेख गर्दै नेता थापाले भन्नुभयो, “स्थानीय तहको निर्वाचनलाई सफल पार्न सत्ता साझेदार दलसँग कतिपय स्थानमा चुनावी गठबन्धन गरिएको हो ।” 

अहिलेकै सत्ता गठबन्धनअनुसार सहज रुपमा जेठ पहिलो साता काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जानकारी गराउँदै नेता थापाले उक्त सरकारले संविधानको समयसीमाभित्र प्रदेश र सङ्घको निर्वाचन गर्ने धारणा व्यक्त गर्नुभयो । 

स्थानीय तहको निर्वाचनमा अतिवाद र मध्यमार्गीबीचमा प्रतिस्पर्धा हुने उहाँको भनाइ थियो । केही दलले अदृश्य रुपमा जातिवाद र धर्मका नाममा मुलुकमा विखण्डनको भावना ल्याउन खोजेको भन्दै उहाँले त्यसलाई परास्त गर्न पनि काँग्रेसका उम्मेदवारले जित्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

काँग्रेसको पहलमा पहिलो चरणको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालले निर्वाचनमा भाग लिएको अवगत गराउँदै उहाँले जेठ पहिलो साताभित्र संविधान संशोधन गरी राष्ट्रिय जनता पार्टी नेपाललाई पनि दोस्रो चरणको निर्वाचनमा ल्याउने विश्वास दिलाउनुभयो । 

विभिन्न स्थानमा पार्टीको प्रचारप्रसारका क्रममा पार्टीका उम्मेदवारमाथि आक्रमण तथा गाडी जलाइएको र झडप भएकाप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले पार्टीको संयमता र धैर्यतालाई कमजोरी नठान्न पनि चेतावनी दिनुभयो । 

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउँदै उहाँले अन्य दललाई पनि संयमता अपनाउन आग्रह गर्नुभयो । निर्वाचनमा काँग्रेसप्रति जनताको ठूलो उत्साह र सहभागिता देखिएको दाबी गर्दै नेता थापाले भन्नुभयो, “निर्वाचनपछि सबल र स्रोत साधन सम्पन्न स्थानीय सरकार बन्नेछन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता