बैशाख २७, काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताउनुभएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २७, काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताउनुभएको छ ।&nbs"/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान कार्यान्वयनका लागि काँग्रेसले जित्नुपर्छ’

२०७४, २७ बैशाख बुधबार १२:२३


बैशाख २७, काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताउनुभएको छ । 

काँग्रेसको प्रचारप्रसार उपसमितिले आज नेपाल प्रेस युनियनको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले संविधान कार्यान्वयनको दायित्व पनि आफ्नो पार्टीसँग भएकाले काँग्रेस विजयी हुनुपर्ने तर्क गर्नुभयो । 

संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि अहिलेको सत्ता गठबन्धन बनेको प्रसङ्ग उल्लेख गर्दै नेता थापाले भन्नुभयो, “स्थानीय तहको निर्वाचनलाई सफल पार्न सत्ता साझेदार दलसँग कतिपय स्थानमा चुनावी गठबन्धन गरिएको हो ।” 

अहिलेकै सत्ता गठबन्धनअनुसार सहज रुपमा जेठ पहिलो साता काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जानकारी गराउँदै नेता थापाले उक्त सरकारले संविधानको समयसीमाभित्र प्रदेश र सङ्घको निर्वाचन गर्ने धारणा व्यक्त गर्नुभयो । 

स्थानीय तहको निर्वाचनमा अतिवाद र मध्यमार्गीबीचमा प्रतिस्पर्धा हुने उहाँको भनाइ थियो । केही दलले अदृश्य रुपमा जातिवाद र धर्मका नाममा मुलुकमा विखण्डनको भावना ल्याउन खोजेको भन्दै उहाँले त्यसलाई परास्त गर्न पनि काँग्रेसका उम्मेदवारले जित्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

काँग्रेसको पहलमा पहिलो चरणको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालले निर्वाचनमा भाग लिएको अवगत गराउँदै उहाँले जेठ पहिलो साताभित्र संविधान संशोधन गरी राष्ट्रिय जनता पार्टी नेपाललाई पनि दोस्रो चरणको निर्वाचनमा ल्याउने विश्वास दिलाउनुभयो । 

विभिन्न स्थानमा पार्टीको प्रचारप्रसारका क्रममा पार्टीका उम्मेदवारमाथि आक्रमण तथा गाडी जलाइएको र झडप भएकाप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले पार्टीको संयमता र धैर्यतालाई कमजोरी नठान्न पनि चेतावनी दिनुभयो । 

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउँदै उहाँले अन्य दललाई पनि संयमता अपनाउन आग्रह गर्नुभयो । निर्वाचनमा काँग्रेसप्रति जनताको ठूलो उत्साह र सहभागिता देखिएको दाबी गर्दै नेता थापाले भन्नुभयो, “निर्वाचनपछि सबल र स्रोत साधन सम्पन्न स्थानीय सरकार बन्नेछन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा