वैशाख २८, काठमाडौँ । काठमाडौँबाट मतदाता बोकेर हिडेको यात्रुवाहक बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा दुई जनाकोज्यान गएको छ भने १५ जना बढी घाइते भएका छन् ।
दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित तीन किलोमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा दोलखा लामीडाँडा-७ का ७६ वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती रत्नकुमारी घिमिरे रहेको प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोकेको बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । बस माओवादी केन्द्रका मतदाता बोकेर दोलखाको कालिन्चोक नगरपालिका लागि छुटेको बताइएको छ ।