५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

यी हुन् नुवाकोटका अति संवेदनशील ५४ मतदानस्थल

२९ बैशाख २०७४, शुक्रबार ०१:०८

बैशाख २९, नुवाकोट । स्थानीय तहको निर्वाचनमा जिल्लाका ५० भन्दा बढी मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा राखेर सुरक्षा व्यवस्था गरिएको छ । 

बिहिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला सुरक्षा समन्वय समितिका संयोजक तथा प्रजिअ विष्णुप्रसाद पोखरेलले राजनीतिक र भौगोलिक आधारमा जिल्लाका एक सय २९ मतदान स्थलमध्ये ५४ स्थललाई अति संवेदनशील, ५० स्थललाई संवेदनशील र २५ स्थललाई सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । 

प्रजिअ पोखरेलका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि दुई नगरपालिकामा दुई दुई र १० गाउँपालिकामा एक एक प्रहरीको मोबाइल गस्ती, सशस्त्र प्रहरी बलको २८ मोबाइल गस्ती तथा सेनाका ११ बम निष्क्रिय पार्ने टोली परिचालन गरिएको छ । 

प्रजिअ पोखरेलका अनुसार जिल्लामा दुई हजार आठ सय ७१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाभर म्यादी प्रहरीसहित नेपाल प्रहरीतर्फ नौ सय ४३, म्यादी प्रहरी आठ सय ५८ र नेपाली सैनिक पाँच सय परिचालन गरिएको छ । निर्वाचनको दिन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख एकसाथ रहेर निर्वाचन सुरक्षामा ध्यान दिने योजना सार्वजनिक गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता