५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय जनता पार्टी दल दर्ताका लागि आयोगमा

२९ बैशाख २०७४, शुक्रबार १३:१३

बैशाख २९, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन प्रयोजनका लागि आगामी जेठको पहिलो साताभित्रै निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । 

निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलपछि राष्ट्रिय जनता पार्टीका नेता मनिषकुमार सुमनले स्थानीय तह निर्वाचनमा एकीकृत दलका रुपमा सहभागी हुन सम्भव नभए पनि यसपछिका निर्वाचनमा एकीकृत दलका तर्फबाट सहभागिताका लागि दल दर्ता गर्न लागिएको जानकारी दिनुभयो । 

आयोगसँग एकीकृत दलको नाम, निर्वाचन चिह्न र दल दर्ताको प्रक्रियालगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो । 

यसै महिनाको पहिलो साता तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भएर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो । 

छलफलमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले दल एकीकृत भएकोमा बधाई दिँदै स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सकिएकाले एकीकृत दललाई नयाँ निर्वाचन चिह्न दिन नसकिने हुँदा पुरानै चिह्न लिएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । 

छलफलमा वृषेशचन्द्र लाल, जीतेन्द्र सोनल, मनिषकुमार सुमन, केशव झा, डा कौशलेन्द्र मिश्र, सिपी सिंह र दीपेन्द्र चौधरी सहभागी हुनुहुन्थ्यो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता