२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय जनता पार्टी दल दर्ताका लागि आयोगमा

२०७४, २९ बैशाख शुक्रबार १३:१३

बैशाख २९, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन प्रयोजनका लागि आगामी जेठको पहिलो साताभित्रै निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । 

निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलपछि राष्ट्रिय जनता पार्टीका नेता मनिषकुमार सुमनले स्थानीय तह निर्वाचनमा एकीकृत दलका रुपमा सहभागी हुन सम्भव नभए पनि यसपछिका निर्वाचनमा एकीकृत दलका तर्फबाट सहभागिताका लागि दल दर्ता गर्न लागिएको जानकारी दिनुभयो । 

आयोगसँग एकीकृत दलको नाम, निर्वाचन चिह्न र दल दर्ताको प्रक्रियालगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो । 

यसै महिनाको पहिलो साता तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भएर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो । 

छलफलमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले दल एकीकृत भएकोमा बधाई दिँदै स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सकिएकाले एकीकृत दललाई नयाँ निर्वाचन चिह्न दिन नसकिने हुँदा पुरानै चिह्न लिएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । 

छलफलमा वृषेशचन्द्र लाल, जीतेन्द्र सोनल, मनिषकुमार सुमन, केशव झा, डा कौशलेन्द्र मिश्र, सिपी सिंह र दीपेन्द्र चौधरी सहभागी हुनुहुन्थ्यो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर