२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनबिरुद्ध लागेको भन्दै रामेछाप प्रहरीद्वारा १३ जना युवामाथि सार्वजनिक मुद्दा

२०७४, ३० बैशाख शनिबार ०७:५४

बैशाख ३०, रामेछाप । स्थानीय तह निर्वाचनको मुखैमा जिल्ला प्रहरी कार्यालय रामेछापले १३ जना युवाहरु विरुद्ध सार्वजनिक अपराध सजाय ऐन अन्तर्गत मुद्दा अगाडी बढाएको छ । 

चुनाव आउन दुई दिन बाँकी छँदा काठमाडौं उपत्यका र अन्य जिल्लाबाट रामेछापमा आएका १३ जना युवाहरु विरुद्ध प्रहरीले कारबाही अघि बढाएको हो । उनीहरुलाई प्रहरीले बिहीबार लिखु गाउँपालिकाको खिम्ती बजारबाट पक्राउ गरेको थियो । 

उनीहरुलाई बिहिबार नै म्याद थप गरी मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अधिकांश उपत्यका भित्रका र केही भने उपत्यका बाहिरका काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर र पाँचथरका रहेका रामेछापका प्रहरी प्रमुख कुमुद ढुँगेलले जानकारी दिए ।

निर्वाचनको समयमा शान्ति सुरक्षालाई खलल पुर्याएको भन्दै उनीहरु बिरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको हो । बिहीबार १० वटा मोटरसाइकलमा आएका २० जना युवा मध्ये सातजना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर