बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकाले चुनावमा सक्रिय रुपमा भाग ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकाले चुनावमा सक्रिय रुपमा भाग ल"/>
१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्नुस: प्रधानमन्त्री

३० बैशाख २०७४, शनिबार ०८:३३

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकाले चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री प्रचण्डले आज अपिल जारी गर्दै नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रुपमा देख्न र अनुभव गर्नसक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ गते हुन गइरहेको बताउनुभएको छ । 

प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा १३ हजार पाँच सय ५६ जनप्रतिनिधि छनोट गर्ने कार्यको अन्तिम अवस्थामा रहेको तथा पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको अपिलमा उल्लेख छ । 

अपिलमा भनिएको छ, “लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै हो । अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन् । यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।” 

धेरैले लगभग २० वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन लागेको भन्ने गरे पनि यस्तो प्रकारको चुनाव नेपालमा पहिलो चोटि हुन लागेको प्रधानमन्त्रीको भनाइ छ । अपिलमा भनिएको छ, “ एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा रहेको छ भने अर्कोतिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्य सत्ताको अन्त्य गरी सङ्घात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोसेढुङ्गाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोतसाधनलाई जनताको घरआँगनसम्म पु¥याउनका लागि ढोका खुला हुनेछ ।” 

चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई महिला चुनिने व्यवस्था तथा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमध्ये एक महिला उठाउनैपर्ने व्यवस्थाबाट गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनी अनिवार्य रुपमा चुनिएर आउने अपिलमा उल्लेख छ । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नातर्फबाट सबै उपाय अपनाएको तथा सरकारले पनि आफ्नातर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ । शान्ति सुरक्षाको दृष्टिले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभएको छ । 

सबै मतदाता दिदीबहिनी तथा दाजुभाइलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र सङ्कोचबिना निर्धक्क भई आफूले चाहेका उम्मेदवारलाई मत खसाल्न प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ । निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न तथा राजनीतिक दल, सञ्चारकर्मीलगायत सम्पूर्णमा आआफ्नो क्षेत्रबाट सहयोगका लागि प्रधानमन्त्रीले अपिल गर्नुभएको छ । 

अपिलमा भनिएको छ, “भोलि केवल मतदानको दिन मात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि हो ।” संविधानको स्वीकार्यता बढाई मधेसी, थारु, आदिवासी जनजातिलगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको चुनाव दोस्रो चरणमा आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय गरिएकाले ती प्रदेशका जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि प्रधानमन्त्री प्रचण्डले विशेष अपिल गर्नुभएको छ । 

उहाँले सरकार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको दोह¥याउँदै नेपाली जनताको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रतिे आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदा झँै सहयोग र सद्भावको अपेक्षा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु सूर्यदर्शन सहकारी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो आमाको शोकमा विक्षिप्त बनेकी छोरीको पनि मृत्यु नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल परीक्षा बिग्रिएपछि एकै साथ तीन छात्राले गरे विष सेवन: एकको मृत्यु, २ जना घाइते आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोइराला मोरङमा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु मन्त्रिपरिषद्को बैठक बस्दै प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक सहकारी ठगी प्रकरणमा पक्राउ परेकाको बयान अन्तिम चरणमा, आजैबाट थुनछेक बहस २ लिटर पेट्रोलले केपी ओलीको आलोचना ! एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा परे नेपालले तेस्रो विश्व कप खेल्ने काठमाडौँमा मापसे गरी चलाएको तीव्र गतिको मोटरसाइकल बिजुलीको पोल ठोकिँदा एक युवकको मृत्यु काठमाडौँमा कोठाभित्र किशोरीको शव फेला: जबरजस्ती करणीपछि पोल खुल्ने डरले घाँटी थिचेर हत्या ओली प्रधानमन्त्री भए पनि नीतिगत निर्णय कांग्रेसले गरिरहेको छ: कृष्ण सिटौला श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता गौतम