२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका मेयर उम्मेदवार रकम वाँड्दा बाड्दै पक्राउ

२०७४, ३१ बैशाख आईतवार ०१:२१

बैशाख ३१, पर्वत । पर्वतको फलेवास नगरपालिकामा नेकपा एमालेको तर्फवाट मेयरको उम्मेदवार वनेका पदमपाणी शर्मालाई प्रहरीले पक्रेको छ । 

शनिवार साँझ फलेवास नगरपालिका ७ थापाठाना साविकको थापाठाना ९ खनारमा मतदातालाई रकमको मोलमलाई गरिरहेको अवस्थामा शर्मा पक्राउ परेका हुन् । मतदाताले रकमको मोलमलाई गर्दागर्दै झगडा उत्पन्न भएको स्थानीयले वताएका छन् । उनले थापाठानामा मतदातालाई पैसाले किन्न खोजेको भन्दै स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए ।

 घटनास्थलमा पुगेर प्रहरीले उनलाई कार्किनेटा पु¥याएर छोडेको छ । मतदातालाई प्रलोभनमा पार्न पर्वतमा एमालेले रकम वाँडेको आरोप आईरहेका वेला मेयरका उम्मेदवार नै रकम वाँड्न संलग्न भएको अवस्थामा पक्राउ पर्नुले फलेवास नगरमा मतदातालाई प्रलोभनमा पार्न एमाले सक्रिय रहेको खुलासा भएको छ ।

 कुर्घा र पाङराङमा हिजो भोजभतेर गराएको शर्मामाथी आरोप छ । मौन अवधिमा यसरी मतदातालाई प्रलोभनमा पार्ने उम्मेदवारलाई कारवाहि नगरि प्रहरीले त्यत्तिकै छोडेको छ । यसले प्रहरीको कारवाहि प्रक्रियामाथी प्रश्नचिन्ह खडा भएको छ । थापाठानामा अहिले कार्यकर्ताहरुले नारावाजी गरिरहेका छन् । उनलाई आचारसंहिता उलंघन गरेको प्रमाण पेश गर्दा समेत प्रहरीले कारवाहि नगरेको उनीहरुको आरोप रहेको छ ।

 कार्किनेटा प्रहरीचौकीका प्रहरी निरीक्षक कविर प्रधानले उम्मेदवार शर्मालाई स्थानीयले घेराउ गरेको अवस्थामा स्कर्टिङ गरेर ल्याएको वताउनुभयो । उहाँले रकम वाँड्दै गरेकोवारे आफुलाई थाहा नभएको वताउनुभयो । स्थानीयले वाटो छेकेपछि आफुहरुले सुरक्षा दिएर कार्किनेटा पु¥याएको प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर