बैशाख ३१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । "/>
८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्तिपूर्ण र उत्साहजनक रुपमा ७१ प्रतिशत मतदान

३१ बैशाख २०७४, आईतवार १४:२६

बैशाख ३१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । 

निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो । 

आम मतदाताको ठूलो सहभागिता एवम् शान्तिपूर्ण र व्यवस्थितरुपमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला, दलित, अल्पसङ्ख्यक समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोगले हर्ष प्रकट गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । मतदाता महानुभावले लोकतान्त्रिक अभ्यासमा देखाउनु भएको व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।” 

आयोगले नचाहँदा नचाहँदै पनि काभ्रेको नमोबुद्ध नगरपालिका–४ को मतदान केन्द्र, कालीकोटको कालिका गाउँको बालाचौर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको निर्वाचन स्थगित भएको तथा दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर मतदान केन्द्रमा सुरक्षा कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ । 

मतदान कार्य सम्पन्न भएसँगै सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको तथा हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो । 

पहिलो चरणको निर्वाचन २८३ स्थानीय तहका लागि भएपनि आज २८१ स्थानमा मात्रै मतदान भएको थियो । मनाङ जिल्लाको नारफु गाउँपालिका र डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेका थिए । 

काठमाडौँ उपत्यकासहित ३४ वटै जिल्लाका सहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रमा मतदाता बिहान ७ बजेअघिदेखि नै मतदान केन्द्रअघि पङ्क्तिबद्ध भएर युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक सहभागिता जनाएको भनी उहाँले मतदाताको प्रशंसा गर्नुभयो । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले आजको मतदानमा देखिएको सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुहुने मतदातालाई पनि उत्साहित बनाउनेछ भन्ने विश्वास आयोगले लिएको बताउनुभयो । 

मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइनेछ । 

मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना गर्ने विषयमा राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्ने आयोगले जनाएको छ ।

आयोगको आफ्नो तयारी र निर्वाचन व्यवस्थापनको कमी कमजोरीले कुनै मतदान केन्द्रमा गम्भीर समस्या उत्पन्न नभएको र सहजढङ्गले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको आयोगले दाबी गरेको छ । 

मतदान कार्यमा अत्यन्तै कठिन परिश्रम गरी अहोरात्र खटेर मतदान कार्य सफल बनाउन जुट्नुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिृकत र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलगायत सबैलाई आयोगले धन्यवाद व्यक्त गरेको छ । 

राजनीतिक दलका प्रतिनिधिको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गर्नुभएको जनादेश अब मतपेटिकामा सङ्ग्रहीत भएको जनाउँदै आयोगले भनेको छ– निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न, मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न समस्त राजनीतिक दल, उम्मेदवारसँग निर्वाचन आयोग हार्दिक अपिल पनि गर्दछ । 

मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग अनुरोध गरेको छ । 

मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुगेको बताउँदै आयोगले मतपत्र ठूलो हुनु, छोटो समयमा तयारी गर्नु, मतदाता शिक्षा प्रदान गर्न समय कम हुनु, बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योलबीच भएको तयारीप्रति सन्तोष पनि व्यक्त गरेको छ । 

मतदान कार्यलाई सफल बनाउन सहयोग पु¥याउने नेपाल सरकार, मित्रराष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावप्रति पनि आयोगले धन्यवाद ज्ञापन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?