२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ नुवाकोटको पछिल्लो मत परिणाम, को कहाँ आगाडी ?

२०७४, १ जेष्ठ सोमबार ०६:०९

जेठ १, नुवाकोट । जिल्लामा नौ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । 

विदुर र बेलकोटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र मेघाङ गाउँपालिकामा मतगणना भइरहेको छ । 

अहिले विदुरको वडा नं १ को मतगणना भइरहँदा नेकपा(एमाले)बाट प्रमुखका उम्मेदवार सञ्जु पण्डितले दुई सय , नेपाली काँग्रेसका धु्रव अधिकारीले एक सय ३६ र नेकपा(माअ‍ोवादी केन्द्र)का लीलानाथ न्यौपानेले २१ मत ल्याउनुभएको छ । तादीमा अहिलेसम्म कांग्रेसबाट अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले तीन सय ४८, एमालेका केपी लामिछानेले दुई सय ८५ र माओवादी केन्द्रका मानसिंह तामाङले एक सय ५४ मत ल्याउनु भएकोछ । 

ककनीमा अध्यक्षमा कांग्रेसका दीपेश लामाले ५१, माओवादी केन्द्रका मानबहादुर लामाले ४० र एमालेका जितबहादुर बलामीले ३८ मत ल्याउनु भएको छ । बिहान ४ बजेदेखि सुुरु भएको ककनी – १ को मतगणना जारी छ । 

तारकेश्वरमा एमालेबाट अध्यक्षका उम्मेदवार रमेश वस्तीले ३९, कांग्रेसका उम्मेदवार चोकराज शाक्यले २९ र माओवादी केन्द्रका राजेन्द्र न्यौपानेले १७ मत ल्याउनु भएको छ । यस्तै शिवपुरीमा कांग्रेसका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाले ७८ तथा एमालेका पदम उप्रेती र माओवादी केन्द्रका मीनबहादुर तामाङले ५६– ५६ मत आएको छ । 

पञ्चकन्यामा बिहान १० बजेदेखि मतगणना गरिने दलीय सहमति भएको छ । 

बेलकोटगढी – १ बाट मतगणना सुरु भएको छ । यस्तै सूर्यगढीको वडा नं १ बाट मतगणना आरम्भ भएको छ । यस्तै किस्पाङमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । दलीय सहमतिपछि केही समयमा नै मतगणना आरम्भ गरिने किस्पाङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै मेघाङमा पनि भर्खरै मतगणना सुरु भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर