२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरमा एमालेको अग्रता कायमै, रञ्जु दर्शना तेश्रो

२०७४, १ जेष्ठ सोमबार १२:४४

जेठ १, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना दिउँसो १२: ०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ । 

भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो । 

राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना सुरु भएको पाँच घन्टापछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरेको हो । 

उहाँका अनुसार साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले २५, नेपाली काँग्रेसका राजुराज जोशीले २३ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले दुई मत प्राप्त गर्नुभएको छ । 

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले दुई मत ल्याउनुभएको छ । कूल १३० मतगणना भएकोमा १३ मत बदर भएको उहाँले जानकारी गराउनुभयो । 

वडा नं १ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर