कालिकोटमा कहि मत गनिदै, कही विजयी उत्सव मनाईदै (अपडेट)

Posted on: 16 May, 2017

दलसिंह गिरी | जेठ २, कालिकोट | सान्नीत्रिबेणी गाउपालिकाको मतपरिणाम अनुसार पालिका प्रमुख, उपप्रमुख माओवादी केन्द्रले हात पारेको छ । माओवादीका तर्फबाट उम्मेदार डम्बर शाही (डिबी)ले १ हजार ७ सय ३३ मत ल्याएर बिजयी हुनु भएको छ भने वहाका प्रत्यासी नेपाली कांग्रेसका गोरख केसीले १ हजार २ सय ३९ मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ । एमालेका नमराज देवकोटाले १ हजार ८८ मत ल्याउनु भएको छ । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका होइजाली बुढा (गिरी) १ हजार ५ सय ४९ मत ल्याएर बिजयी हुनु भएको छ । वहाँका प्रत्यासी नेकपा एमालेका पार्बती सिंह (संज्याल)ले १ हजार ३ सय ६५ मत ल्याएर प्राजयी ब्यहोर्नु परेको छ । नेपाली कांग्रेसका पशुविना बमले १ हजार ४१ मत ल्याउनु भएको छ । 

यस्तै वडा अध्यक्षमा वडा नं. १ माओवादी केन्द्रका भरत वि.क (आकाश),  वडा नं. २ राष्ट्रिय प्रजातन्त्र पार्टीका विरजीत बटाला, वडा नं. ३ नेपाली कांग्रेसका कृष्ण देबकोटा, वडा नं. ४ नेपाली कांग्रेसका नरेश बम, वडा नं. ६ माओवादी केन्द्रका रमेश लुवार, वडा नं. ७ नेकपा एमालेका मान सिमखाडा, वडा नं. ८ नेकपा एमाले र वडा नं. ९ नेपाली कांग्रेसले विजयी हात पारेका छन् । करिव १२ हजार ८ सय ४६ जनसंख्या रहेको सान्नीत्रिबेणी गाउपालिकाका ९ वटै वडाभर कुल मतदाता ६ हजार १ सय ७२ मतदाता रहेका थिए भने महिला उम्मेदार ७५ र पुरुष उम्मेदार १ सय २२ रहेका रहेका थिए । जसमा १९ महिला र २८ पुरुष उम्मेदार विजयी हात पारेका छन् । विजयी उम्मेदारहरु आज घोषणा गरि सान्नीत्रिबेणी गाउपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कालिकोटमै विशेष महत्वका रुपमा हेरिएको रास्कोट नगरपालिका अन्तर्गत वडा नं. १ मा एक जना खुला (१) सदस्य बाहेक अरु पुरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा नं. १ का एमालेबाट खुला वडा सदस्य अलि बहादुर बमले बिजयी हात पारेका छन् भने अरु माओवादीबाट अध्यक्ष उम्मेदार नमराज संज्याल र अन्य ३ जना सदस्य विजयी भएका हुन् । माओवादी उम्मेदार संज्यालले ३ सय ६५ मत ल्याएर विजयी हुनु भएको छ भने वहाँका प्रत्यासी एमालेका अशोक कुमार शाहीले २ सय ४८ मत ल्याउनु भएको छ । रास्कोट नगरपालिका वडा नं. १ को कुल १ हजार २ सय ३० मतदाता मध्य ९ सय ४० मत खसेको थियो । यसैगरी वडा नंं २ मा नेकपा एमालेका दयाराम सिमखाडाको पुरै प्यानल विजयी भएको छ । वडा नं. ३ मा माओवादी केन्द्रका देउसिंगे कुमालको पुरै प्यान विजयी भएको छ । 

यसैगरी रास्कोट नगरपालिकाको मेयर र उपमेयरको मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट मेयर उम्मेदार दान बहादुर बमले ७ सय ३२ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका काशिचन्द्र बराल ५ सय ८० मत ल्याएर दोश्रो स्थानमा रहनु भएको छ । यसैगरी नेकपा एमालेका मनिराज बरालले ४ सय ७४ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । 

उपमेहरका लागि नेकपा माओवादी केन्द्रबाट मिमसरा बम शाहीले ७ सय ८४ मत ल्याएर शिर्ष स्थानमा रहनु भएको छ भने एमालेका उमा शाही ४ सय ४९ मत ल्याएर दोश्रो स्थानमा रहनु भएको छ । यसैगरी राप्रपाका हजा सुनार १ सय ८० मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । यस  अघि मेयर कांग्रेस र उपमेयर राप्रपा उम्मेदार रहने गरी २ पार्टी विच समिकरण भएर चुनाब प्रचार प्रसारमा लागेका थिए ।

रास्कोट नगरपालिकामा रहेको कुल जनसंख्या १६ हजार २ सय ७२ मा ७ हजार ९ सय ६ मतदाता संख्या रहेको र ७५ महिला उम्मेदार १ सय १८ पुरुष उम्मेदार रहेका छन् ।

यसै गरी मान्म खाडाचक्र नगरपालिकाको पछिल्लो मतगणनाको नतिजा अनुसार खाडाचक्र नगरपालिका वडा नं. १ बाट नेपाली कांगे्रसका गणेश शाही वडा अध्यक्ष बिजयी हुनुभएको छ । बिजयी शाहीले १ सय १७ मत ल्याउनु भएको छ भने एमालेका धर्मराज ताम्राकारले १ सय १४ मतल्यायी प्राजयी बेहोर्नु परेको छ । वडा नं. २ मा माओवादी केन्द्रका विर्ख विकले बिजयी हात पार्नु भएको छ । विकले ३ सय ७५ मत ल्याउनु भएको छ । वहाका प्रत्यासी कल बहादुर खड्काले ४१ मतले प्राजयी ब्यहोर्नु परेको छ । मेयर र उपमेयरको हकमा अनुसार एमालेका जसिप्रसाद पाण्डे ४ सय ७२ ल्याएर अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका पदम बहादुर शाही ३ सय ९५ मत ल्याएर दोश्रो स्थानमा, माओवादी केन्द्रका लक्ष्मी प्रसाद चौलागाई ३ सय १३ मत ल्याएर तेश्रो स्थानमा र राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्य बहादुर शाही १ सय ४७ मत ल्याएर चौथो स्थानमा रहनु भएको छ । 

यसै गरी उपमेयरमा माआवादी केन्द्रका गंगा खड्का (बोगटी) ४ सय ८३ मत ल्याएर पहिलो कांग्रेसका राजकौरा शाही ३ सय २३ मत ल्याएर दोश्रो एमालेबाट उम्मेदार विजया बिष्ट २ सय ६६ मत ल्यायी तेश्रो स्थान र राप्रपाका शुशिला शाही (मल्ल)ले १ सय १२ मतल्याएर चौथो स्थानमा रहनु भएको छ । कुल २० हजार २ सय ८८ जनसंख्या रहेको मान्म खाडाचक्र नगरपालिकामा कुल ६ हजार ४ सय ८६ मतदाता हरेका छन् । नगरपालिका भरि ११ वटा वडामा उम्मेदार १ सय ८ महिला र १ सय २७ पुरुष उम्मेदार रहेका छन् ।

यसै तिलागुफा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शंकर उपाध्याय ४ सय ५ मतले शिर्ष स्थानमा माओवादी केन्द्रका रतनबहादुर शाही १ सय ६५ मतले दोश्रो स्थानमा एमालेका कलबहादुर शाही ५८ मत तेश्रो स्थानमा रहेका छन् । यसैगरी उपमेयरमा माओवादी केन्द्र दर्शना नेपाली परियार २ सय ९ मतले शिर्ष स्थानमा नेपाली कांग्रेस लक्ष्मी शाही १ सय ७० मत मतले दोश्रो स्थानमा एमालेका गंगा खत्री ४८ मतले तेश्रो स्थानमा रहेका छन् तिलागुफा नगरपालिकामा रहेको कुल १५ हजार ७ सय ६६ जनसंख्या मध्य ७ हजार ४ सय ५ मतदाता रहेका छन् । अहिलेको स्थानीय निकायको निर्वाचनमा ११ वटा वडा गरी महिला उम्मेदवार १ सय ८ र पुरुष उम्मेदार १ सय ६५ जना रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!