५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक

२ जेष्ठ २०७४, मंगलवार १५:०८

जेठ २, नुवाकोट | जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नतिजाअनुसार नेपाली काँग्रेस १३ वडा, नेकपा (एमाले)ले सात वडा र नेकपा माओवादी केन्द्र पाँच वडामा विजयी भएको छ । 

नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा विदुर नगरपालिका–२ मा वीरेन्द्रकुमार शाही, ३ मा बद्रीप्रसाद रिमाल, तार्केश्वर–६ मा ज्ञानेन्द्र तामाङ, शिवपुरी–१ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा इन्द्रबहादुर गुरुङ, तादी–१ बाट नकुर दोङ तामाङ, दुप्चेश्वरी–१ मा सुनबहादुर तामाङ, किस्पाङ–२ मा देवनाथ भट्ट, मेघाङ–२ मा रुपबहादुर श्रेष्ठ र दुप्चेश्वर गाँउपालिका–३ मा धुव्रकुमार केसीको प्यानल नै विजयी भएको छ । 

यस्तै, शिवपुरी गाँउपालिका–३ मा रामहरि थापाको प्यानल नै विजयी भएको छ । शिवपुरी–४ सिक्रेमा वडाध्यक्षमा झमक गुरुङसहित काँग्रेसबाट तीन सदस्य विजयी भएका छन् । 

यस्तै, नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका मेघाङ–१ मा दलसिंह तामाङ, बेलकोटगढी नगरपालिका–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेशकुमार न्यौपाने, विदुर नगरपालिका–१ मा लेनिन रञ्जित, ककनी गाँउपालिका–१ मा चन्द्रबहादुर श्रेष्ठ, तार्केश्वर–५ मा चुडामणिप्रसाद गजुरेल र किस्पाङ गाँउपालिका–४ मा एकराज घले विजयी हुनुभएको छ । यस्तै, लिखु गाँउपालिका–२ मा भीमबहादुर घलेको प्यानल नै विजयी भएका छन् । 

यस्तै, नेकपा माओवादी केन्द्रका तर्फमा किस्पाङ–१ मा आइतबहादुर घले, तादी–२ मा बच्चुराम तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, पञ्चकन्या–१ मा मणिनाथ लामिछाने र दुप्चेश्वर–२ मा दावा तामाङ विजयी हुनुभएको छ । नुवाकोटमा १२ स्थानीतयहमा ८८ वटा वडा रहेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता