५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको मध्यपुर थिमि वडा नं २ मा काँग्रेस विजयी

३ जेष्ठ २०७४, बुधबार ०४:१७

जेठ ३, भक्तपुर | मध्यपुरथिमि नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राम थापामगरको टोली विजयी भएको छ । 

थापामगरले ८३२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमराज गौतमले ६७० मत ल्याउनुभएको थियो । 

त्यसैगरी, महिला सदस्यमा एमालेका उम्मेदवार सकुन्तला श्रेष्ठ विजयी हुनुभएको छ भने दलित महिला सदस्यतर्फ एमाले कै अम्बिका रजक निर्विरोध हुनुभएको थियो । सदस्यमा नेपाली काँग्रेसका प्रल्हाद कार्की र विदुर भट्टराई विजयी हुनुभएको छ । 

यसअघि मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको थियो भने महिला सदस्यमा विजयालक्ष्मी द्धारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी हुनुभएको थियो । 

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिको प्यानल अग्रस्थानमा रहेका छन् । 

चाँगुनारायणमा आज पुनः मतदान सुरु 

यसैबीच, स्थानीय तह निर्वाचन–२०७४ अन्तर्गत जिल्लाको विवादित चाँगुनारायण नगरपालिकामा मतदान सुरु भएको छ । 

चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि पुनःमतदान सुरु भएको हो । 

गत बैशाख ३१ गते मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनःमतदान गर्न परिपत्र गरेपछि पुनः मतदान भएको छ । 

चाँगुनारायण नगरपालिका–६ (साविक नगरकोट गाविस) मतदानकेन्द्र ‘ख’ मा कुल ८०७ मतदाता रहेका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता