२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थगित भएको २ मतदान केन्द्रको निर्वाचन फेरी हुदै

२०७४, ३ जेष्ठ बुधबार १४:०८

दलसिंह गिरी | जेठ ३, कालिकोट | यहि गएको बैशाख ३१ स्थगित भएको कालिका गाउपालिका वडा नं. २ मा रहेको बालाचौर मतदान केन्द्रको निर्वाचन भोली ४ गते हुने भएको छ । गएको बैशाख ३१ गते भएको मतदानमा २ राजनैतिक दलहरु विच विवाद भई तोडफोड भएको मतदान केन्द्रमा पुन मतदान हुने भएको हो ।

बालाचौर मतदान केन्द्रमा गएको ३१ गते भएको मतदानमा करिव ३ सय ५६ वटा मत खसिसके पछि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्र विच मत खसाल्ने विषयमा विवाद भै झडप भएको थियो । झडप हुदा मतदान अधिकृतले हस्ताक्षर गरेका मतपत्र र मतपेटीकामा खसेका मतपत्रका अर्धकट्टी समेत हराएका थिए । बालाचौर मतदान केन्द्रमा करिव ८ सय ४२ मतदाता रहेका छन् । 

यस्तै विप्लव नेतृत्वको नेकपाले गएको ३१ गते नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा मतदानकेन्द्रमा गरेको आक्रमण पछि स्थगित भएको मतदान केन्द्रमा यहि आउदो ७ गते पुन मतदान हुने भएको छ । 

सेरापाटा मतदान केन्द्रमा गएको ३१ गते शान्तीपूर्ण मतदान भै साझ ५ बजे मतदान प्रक्रिया बन्दगर्नै लाग्दा नेकपाले ढुंगामुडा गरी मतदान केन्द्रमा आक्रमण गरेका थिए । आक्रमणमा मतपत्र सहितको मतपेटिका कब्जा गरी जलाउनै लाग्दा प्रहरीले प्रतिकार स्वरुप चलाएको गोली लागि राष्टिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदार धनरुप बटालाको मृत्यु समेत भएको थियो भने राप्रपाका कार्यकर्ता दान बहादुर बटाला, कुल बहादुर बटाला र माओवादी केन्द्रका ब्यासी वि.क घाईते भएका थिए । करिव ८ सय ७९ मतदाता रहेको सेरापाटा मतदान केन्द्रमा निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार यहि ७ गते पुन मतदान हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु