५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थगित भएको २ मतदान केन्द्रको निर्वाचन फेरी हुदै

३ जेष्ठ २०७४, बुधबार १४:०८

दलसिंह गिरी | जेठ ३, कालिकोट | यहि गएको बैशाख ३१ स्थगित भएको कालिका गाउपालिका वडा नं. २ मा रहेको बालाचौर मतदान केन्द्रको निर्वाचन भोली ४ गते हुने भएको छ । गएको बैशाख ३१ गते भएको मतदानमा २ राजनैतिक दलहरु विच विवाद भई तोडफोड भएको मतदान केन्द्रमा पुन मतदान हुने भएको हो ।

बालाचौर मतदान केन्द्रमा गएको ३१ गते भएको मतदानमा करिव ३ सय ५६ वटा मत खसिसके पछि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्र विच मत खसाल्ने विषयमा विवाद भै झडप भएको थियो । झडप हुदा मतदान अधिकृतले हस्ताक्षर गरेका मतपत्र र मतपेटीकामा खसेका मतपत्रका अर्धकट्टी समेत हराएका थिए । बालाचौर मतदान केन्द्रमा करिव ८ सय ४२ मतदाता रहेका छन् । 

यस्तै विप्लव नेतृत्वको नेकपाले गएको ३१ गते नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा मतदानकेन्द्रमा गरेको आक्रमण पछि स्थगित भएको मतदान केन्द्रमा यहि आउदो ७ गते पुन मतदान हुने भएको छ । 

सेरापाटा मतदान केन्द्रमा गएको ३१ गते शान्तीपूर्ण मतदान भै साझ ५ बजे मतदान प्रक्रिया बन्दगर्नै लाग्दा नेकपाले ढुंगामुडा गरी मतदान केन्द्रमा आक्रमण गरेका थिए । आक्रमणमा मतपत्र सहितको मतपेटिका कब्जा गरी जलाउनै लाग्दा प्रहरीले प्रतिकार स्वरुप चलाएको गोली लागि राष्टिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदार धनरुप बटालाको मृत्यु समेत भएको थियो भने राप्रपाका कार्यकर्ता दान बहादुर बटाला, कुल बहादुर बटाला र माओवादी केन्द्रका ब्यासी वि.क घाईते भएका थिए । करिव ८ सय ७९ मतदाता रहेको सेरापाटा मतदान केन्द्रमा निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार यहि ७ गते पुन मतदान हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता