५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलित माथि कांग्रेस-एमालेको अत्याचार, १७ घरपरिवार घर बिहीन

४ जेष्ठ २०७४, बिहीबार १६:५६

अभिमनु कुमार पटेल | जेठ ४, रौतहट | रौतहट गरुडा नगरपालिकाको मलाहीटोल बजार स्थित रहेको १७ घर धुरीमा करीब ५०० को संख्यामा बसोवास गर्दै आइरहेका स्थानीय सुकुमवासी ओम प्र्रकाश सहनी, बिगु सहनी लगाएत दर्जनौको घरको छाना माथी काँग्रेस तथा एमालेका कार्यकर्ताहरुले सामुहिक हमला गरी घरका छाना तथा घरको पर्खाल समेत माथी फलामको रड प्रहार गरी तोडफोड गरेका छन् । 


पार्टी नेता तथा कार्यकताले घर समेत भत्काई घर भित्र रहेको लत्ता-कपडा सुन-चाँदी नगद तथा खद्यान्न समेत लुटी लगेका पीडीतहरुले संचारकर्मी बीच गुनासो पोखेका छन् । स्थानीयहरुमाथी पार्टीका कार्यकर्ताहरुले प्रहरी प्रशासनको रोहवरमा गरीब तथा दलित जनतालाई वास्ता नगरी गरीबलाई अझै गरीब बनाउन सोचका साथ एमाले-काँग्रेसले आफनो व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि पार्टीका मूख्य एजेण्डा रहेको पाइएको छ । साविक गा.वि.स.ले सो जग्गाको सिफारिस समेत दिएका छन् तर आफ्नो जग्गा भन्दै घर नसारेपछि नेता तथा कार्यकर्ताहरुले गरीब माथि एक्कासी हमला गरेपश्चात् पडित पक्षबाट इलाका प्रहरी कार्यालय गरुडामा खबर गर्दा प्रहरी प्रशासन कुनै किसिमको सक्रिय भूमीका निर्वाह नगरी मौन बसेका पिडितहरुले बताए । 


ओम प्रकाश सहनीको नाउमा गा.वि.स. को कार्यालयबाट पाएका रसिदको जग्गाको कि.नं. १३०/२ को ×–१–३ क्षेत्रफल भएको तथा सुकुम्बासी समस्या समाधान आयोगबाट पाएको जग्गा धनीको दर्ता प्रमाण पुर्जा तथा जिल्ला अदालतबाट आदेश समेत भएको प्रमाण रहेको छ । त्यसै गरी बिगु सहनी नाउमा रहेको कि.नं. १६३/१ को ×–१–× क्षेत्रफल भएको जग्गाको प्रमाण नापी शाखा, गा.वि.स.को रसिद, तथा सुकुम्बासी समस्या समाधान समेत प्रमाण रहँदा एमाले तथा काँग्रेसले कानुनको अवहेलना समेत गर्दा हाल कानुनको पहरेदारहरुले मौन बसेका छन् । सो क्षेत्रमा रहेका अरु राजनीति दलका अग्रज नेताहरु कुनै चासो नदेखाएकोमा पिडित पक्षले थप पिडा पोख्नु परेको छ । 


सो सुकुमवासीको घर पछाडी नेपाली काँग्रेसका जिल्ला सभापती कृष्णा यादवको ×–१०–× जग्गा रहेको सो जग्गा माथी मुद्धा हाल अख्तियार दुरुपयोग अनुन्धानमा चलिरहेको हुदाँ पनि सुकुम्बासीहरुलाई हटाउदा यादवको जग्गा मूल्यांकन बढी हुने सोच राखी आफ्नो कार्यकर्ता प्रयोग गरी गरीब माथि अत्याचार भइ रहदा हाल कसैले अवाज उठाउन सकेको छैन् । हाल सो जग्गा भई बाटो विस्तार भई रहेकोमा सुकुम्बासीहरुलाई सो ठाँउबाट घर हटाई अन्तै ठाँउमा जग्गा उपलब्ध गराउन पटक पटक भन्दा पनि सुकुम्बासीहरु त्यहाँबाट सर्न तयार नभए पश्चात् प्रहरीलाई जानकारी गराई प्रहरी कै रोहवरमा किशोरी सहनी, बालकृत सहनी, विजय सहनी, लक्ष्मी सहनी, जगत सहनी, मोहन सहनी, बलीराम सहनी, बलेश्वर सहनी, धनेश्वर सहनी समेतले सरकारको नियम कानुन मै बसी रहदा पनि काँग्रेस र एमालेका स्थानीय नेताहरु सरकारको कानुन मिची आफ्नै बल प्रयोग गरी सुकुम्बासीहरुलाई दुख यातना दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता