जेठ ५, काठमाडौं । दैलेखको दुल्लु नगरपालिकामा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते बनाएको अभियोगमा नेपाली सेनाका जवान सहित ४ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ५, काठमाडौं । दैलेखको दुल्लु नगरपालिकामा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते बनाएको अभियोगमा नेपाली सेनाका जवान सहित ४ "/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दैलेखमा एमाले कार्यकर्तालाई खुकुरी प्रहार, सैनिक जवान पक्राउ परे

५ जेष्ठ २०७४, शुक्रबार ०५:४१

जेठ ५, काठमाडौं । दैलेखको दुल्लु नगरपालिकामा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते बनाएको अभियोगमा नेपाली सेनाका जवान सहित ४ जनालाई पक्राउ गरिएको छ ।

नगरपालिकाको ७ नम्बर वडामा एमाले जितेपछि विजय जुलुस निकाल्ने क्रममा विवाद भएको थियो । जुलुस सकेर घरमा बसेका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार हुँदा ७ जना घाइते भएका थिए । खुकुरी प्रहारको नेतृत्व गर्ने प्रेमबहादुर भण्डारी सहित नगेन्द्र भण्डारी, शक्ति सुनार र प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये प्रेमबहादुर भण्डारी नेपाली सेनाको रणभैरव गणमा कार्यरत सैनिक रहेको इलाका प्रहरी कार्यालय दुल्लुका इन्सपेक्टर धु्रवकुमार श्रेष्ठले बताए । खुकुरी प्रहारबाट घाइते हुने एमाले कार्यकर्ताहरु तिलक उपाध्याय, भगतलाल बानिया, बालकुमारी योगी, सुर्जा पाण्डे, सतानन्द पाण्डे, फुर्ति पाण्डे, पूर्ण पाण्डेको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता