२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित

२०७४, ५ जेष्ठ शुक्रबार १२:०६

जेठ ५, भक्तपुर | भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिको जित सुनिश्चित भएको छ । 

भक्तपुरका १० मध्ये आठ वटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले नेपाली काँग्रेसका रामप्रसाद कासुलाभन्दा झन्डै चौब्बर मत अन्तरले अग्रता लिनुभएको हो । पछिल्लो मतगणनामा प्रजापतिले २० हजार एक सय ९४ र कासुलाले पाँच हजार छ सय १७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा पनि नेमकिपाकी रजनी जोशीको जित पक्का भएको छ । जोशीले २० हजार तीन सय ३३ र काँग्रेसकी गङ्गालक्ष्मी अवालले पाँच हजार दुई सय ९४ मत प्राप्त गर्नुभएको छ । 

मतगणना सम्पन्न भएका आठ वटै वडामा नेमकिपाको समूह नै विजयी भएको छ । विजयी हुने वडाध्यक्षमा क्रमशः श्यामकृष्ण खत्री, हरिप्रसाद वासुकला, राजकृष्ण गोरा, कुमार चवाल, प्रेमगोपाल कर्माचार्य, हरिराम सुवाल, उकेश कवां र महेन्द्र खायमली हुनुहुन्छ । 

त्यसैगरी मध्यपुर थिमी नगरपालिकाको मतगणना सम्पन्न भएका चार वटा वडामध्ये सबै वडाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्राप्त परिणामानुसार मध्यपुर–१ मा सुरज खड्का, २ मा राम थापा मगर, ३ मा प्रेमबहादुर कुटु र ४ मा कुमार श्रेष्ठ विजयी हुनुभएको हो । मध्यपुर वडा नं १ र ३ मा काँग्रेसको समूह तथा वडा नं २ मा नेकपा (एमाले)ले महिला सदस्य एक र वडा नं ४ मा खुला सदस्यमा जित हासिल गरेको छ । 

सूर्यविनायक नगरपालिकामा पनि मिश्रित परिणाम आएको छ । सूर्यविनायकका पाँच वटा वडाको नतिजा सार्वजनिक हुँदा काँग्रेसले दुई र एमालेले तीन वटा वडामा अध्यक्ष जितेको छ । 

सूर्यविनायक–१ मा एमालेका सानुकाजी कायस्थको समूहले जित हासिल गरेको छ भने वडा नं २ मा काँग्रेसले खुला एक सदस्यबाहेकमा कमलनाथ आचार्यको नेतृत्वमा जित हासिल गरेको छ । वडा नं ३ मा काँग्रेसका शिवशरण खत्रीको समूह तथा वडा नं ४ मा एमालेका उत्तम थापा र ५ मा राजकुमार जोशीको समूह विजयी भएको छ । चाँगुनारायणमा भने अहिलेसम्म वडाध्यक्षमा काँग्रेसका क्रमशः राजेश खड्का र शिवहरि केसीका समूह विजयी भएका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर