५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर नगरपालिका प्रमुखमा भारी मतले प्रजापति विजयी

५ जेष्ठ २०७४, शुक्रबार १७:३३

जेठ ५, भक्तपुर | भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी हुनुभएको छ । 

आज राति १० बजे सार्वजनिक भएको मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्घन्द्घी नेपाली काँग्रेसका रामप्रसाद कासुलाले छ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशीले २५ हजार ६५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गर्नुभएको छ । 

जोशीका निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी गङ्गालक्ष्मी अवालले छ हजार ५६० र एमालेकी कृष्णमाया त्वायनावासुले छ हजार ५८७ मत प्राप्त गर्नुभएको थियो । 

विगतमा नेमकिपाका केन्द्रीय सचिव, सांसद हुँदै प्रजापति अहिले नगर प्रमुखमा विजयी हुनु भएको छ । ख्पव इन्जिनियरिङ कलेजको उपप्राचार्यबाट राजीनामा दिएर आउनु भएकी जोशी उपप्रमुख हुनुभएको छ । 

त्यसैगरी वडा नं. १० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्योमिखा दुई हजार ११३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका कृष्णकुमार सुवालले ४३२ र एमालेका पुण्यराम घटुवले ३५० मत प्राप्त गर्नुभएको छ । 

नेमकिपाबाट वडाका महिला सदस्यमा २०४६ सालको जनआन्दोलनको सहिद पुष्परत्न शाक्यकी श्रीमती विजयलक्ष्मी शाक्य तथा अन्यमा ज्ञानकुमार मगजू र जितेन्द्र मुनकर्मी विजयी हुनुभएको छ । 

नगरपालिकामा १० वटै वडामा नेमकिपाले विजय हासिल गरेको छ । कुल ५२ हजार ९३० मतदाता रहेको नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता