जेठ ६, अर्घाखाँची | स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । जस अन्तरगत आज राष्ट्रिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ६, अर्घाखाँची | स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । जस अन्तरगत आज राष्ट्रिय"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चा भुमिकास्थान-सन्धिखर्क सम्पर्क समितिको भेला सन्धिखर्कमा सम्पन्न

६ जेष्ठ २०७४, शनिबार १३:०८

जेठ ६, अर्घाखाँची | स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । जस अन्तरगत आज राष्ट्रिय जनमोर्चा भुमिकास्थान(सन्धिखर्क सम्पर्क समितिको भेला सन्धिखर्कमा सम्पन्न भएको छ । विभिन्न पेशा,ब्याबसायको शिलशिलामा सन्धिखर्कमा बसोबास गर्ने राष्ट्रिय जनमोर्चाका समर्थकहरुको उपस्थितिमा सम्पन्न भएको भेलाले राष्ट्रिय जनमोर्चाको तर्फबाट भुमिकास्थान नगरपालिकामा उठेका उम्मेदवारहरुलाई जिताउनको निम्ति व्यापक रूपमा प्रचार प्रसारमा लाग्ने निर्णय गरेको छ ।

जिबनारायण खनालको अध्यक्षता र तुल्सी राम खनालको सन्चालनमा सम्पन्न भएको भेलामा भुमिकास्थान नगरका मेयर पदका उम्मेदवार कबिराम खनाल र अखिल नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरेले मन्तव्य राख्दै देश बेचेर चुनाब जित्नेहरुलाई नेपाली जनताले ठेगान लगाउनुपर्ने बताउनुभयो । उहाँहरुले कुनैपनि ढाटछल नगरी जनताको दुस्ख,सुखसंग खेल्न सक्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको दाबी गर्दै राष्ट्रिय स्वाधीनताको निम्ति राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई गिलास चिन्हमा मतदान गरि जिताउन आग्रह गर्नुभएको छ ।सयौं कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको भेलाले गोबिन्द बन्जाडेको सम्योजकत्वमा दुई सय पाँच सदस्य राष्ट्रिय जनमोर्चा भुमिकास्थान ( सन्धिखर्क सम्पर्क समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । यसैबिच आजै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आयोजनामा भुमिकास्थान नगरपालिकाको पोखेडाडामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ठाकुर पन्थीको अध्यक्षता,राजु बि.क.को स्वागत मन्तव्य र कुलराज खनालको सन्चालनमा सम्पन्न भएको भेलालाई अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव बाबुराम पन्थी,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापा,अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टेक बहादुर थापा,भुमिकास्थान नगरका मेयर पदका उम्मेदवार कबिराम खनाल,अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जीव नारायण खनाल र मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिका सचीव बम बहादुर बि.क.ले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियोे ।

त्यस नगरका धनचौर देखि ढाकावाङ्ग सम्मका सयौं युवाहरूको सहभागीतामा सम्पन्न भएको भेलाले ठाकुर पन्थीको सम्योजकत्वमा २१ सदस्यीय अखिल नेपाल युवक संघ भुमिकास्थान नगर समितिको गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता