जेठ ६, अर्घाखाँची | स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । जस अन्तरगत आज राष्ट्रिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ६, अर्घाखाँची | स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । जस अन्तरगत आज राष्ट्रिय"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चा भुमिकास्थान-सन्धिखर्क सम्पर्क समितिको भेला सन्धिखर्कमा सम्पन्न

२०७४, ६ जेष्ठ शनिबार १३:०८

जेठ ६, अर्घाखाँची | स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । जस अन्तरगत आज राष्ट्रिय जनमोर्चा भुमिकास्थान(सन्धिखर्क सम्पर्क समितिको भेला सन्धिखर्कमा सम्पन्न भएको छ । विभिन्न पेशा,ब्याबसायको शिलशिलामा सन्धिखर्कमा बसोबास गर्ने राष्ट्रिय जनमोर्चाका समर्थकहरुको उपस्थितिमा सम्पन्न भएको भेलाले राष्ट्रिय जनमोर्चाको तर्फबाट भुमिकास्थान नगरपालिकामा उठेका उम्मेदवारहरुलाई जिताउनको निम्ति व्यापक रूपमा प्रचार प्रसारमा लाग्ने निर्णय गरेको छ ।

जिबनारायण खनालको अध्यक्षता र तुल्सी राम खनालको सन्चालनमा सम्पन्न भएको भेलामा भुमिकास्थान नगरका मेयर पदका उम्मेदवार कबिराम खनाल र अखिल नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरेले मन्तव्य राख्दै देश बेचेर चुनाब जित्नेहरुलाई नेपाली जनताले ठेगान लगाउनुपर्ने बताउनुभयो । उहाँहरुले कुनैपनि ढाटछल नगरी जनताको दुस्ख,सुखसंग खेल्न सक्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको दाबी गर्दै राष्ट्रिय स्वाधीनताको निम्ति राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई गिलास चिन्हमा मतदान गरि जिताउन आग्रह गर्नुभएको छ ।सयौं कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको भेलाले गोबिन्द बन्जाडेको सम्योजकत्वमा दुई सय पाँच सदस्य राष्ट्रिय जनमोर्चा भुमिकास्थान ( सन्धिखर्क सम्पर्क समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । यसैबिच आजै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आयोजनामा भुमिकास्थान नगरपालिकाको पोखेडाडामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ठाकुर पन्थीको अध्यक्षता,राजु बि.क.को स्वागत मन्तव्य र कुलराज खनालको सन्चालनमा सम्पन्न भएको भेलालाई अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव बाबुराम पन्थी,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापा,अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टेक बहादुर थापा,भुमिकास्थान नगरका मेयर पदका उम्मेदवार कबिराम खनाल,अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जीव नारायण खनाल र मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिका सचीव बम बहादुर बि.क.ले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियोे ।

त्यस नगरका धनचौर देखि ढाकावाङ्ग सम्मका सयौं युवाहरूको सहभागीतामा सम्पन्न भएको भेलाले ठाकुर पन्थीको सम्योजकत्वमा २१ सदस्यीय अखिल नेपाल युवक संघ भुमिकास्थान नगर समितिको गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर