५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा १ मत बढी ल्याएर एमाले उम्मेदवार निर्वाचित

७ जेष्ठ २०७४, आईतवार ०२:३०

जेठ ७, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित हुनुभएको छ । 

एमाले उम्मेदवार लोहनी ६३९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार धनबहादुर लामाले ६३८ मत प्राप्त गर्नुभएको थियो । 

एक मतको मात्र अन्तर भएपछि प्राप्त मतको प्रत्येक बुलेटिनको अङ्कलाई तीनपटकसम्म गणना गरे पनि सोहीअनुसारको नतिजा देखिएपछि परिणाम सार्वजनिक गरिएको छ । 

वडा सदस्य पदमा एमालेका उम्मेदवार सीता पाण्डे ६३७, दलित महिला सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार कालिकादेवी बर्देवा ५८०, खुला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विकास पाण्डे ६२५, एमालेका उम्मेदवार हरिकुमार गुरुवाचार्य ४९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता