५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छायाँनाथ रारा नगरपालिकाका पदाधिकारीहरुद्धारा सपथ तथा पदभार ग्रहण

८ जेष्ठ २०७४, सोमबार ०३:३०

दान बहादुर बुढा | जेठ ८, मुगु | गएको वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका छायाँनाथ रारा नगरपालिकाका पदाधिकारीहरुले आईतवार सपथ तथा पदभार ग्रहण गरेका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा आयोजना गरिएको एक कार्यक्रममा नगर पालिकाका प्रमुख तथा उप प्रमुख, १४ वटै वडाका प्रमुख र सदस्य गरि ७२ जनाले सपथ ग्रहण गरेका हुन् । नगरपालिकाका प्रमुख तथा उप प्रमुख र वडाका प्रमुखले मुख्य निर्वाचन अधिकृत पुर्णेश्वरप्रसाद उपाध्यायबाट सपथ लिई सकेपछि नगरपालिकाका प्रमुख हरिजंग शाहीबाट वडाका विजेता सदस्यहरुले सपथ लिएका थिए । 

सपथ तथा पदभार ग्रहण कायक्रममा आफ्नो भनाई राख्ने कार्यक्रममा बिजेता छाँयानाथ नगरपालीकाका प्रमुख हरीजङ्क शाहीले आफ्नो पहीले काम छाँयानाथ रारा नगरपालीकामा रहेका बस्तीहरुमा बिघुत सेवा नपुगेका बस्तीहरुमा ६ महिना भित्र बिघुत सेवा पु–याउने,बिश्वमै प्रख्यात रारा तलमा घुम्न आउने पर्याटकहरुको सहजको लागी पर्याटकीय पदर्मागको रुपमा कर्णाली राजर्माग हुँदै पिना, बालै, गमगढी, तुम रारा सम्मको पर्दमार्ग र मुगु जिल्लामा ठूलोरुपलिएको भष्टचारका कर्मचारी, ठेकेदार उपभोक्ता, समुहबाट भएका भष्चारको उलमुलन गर्ने समेत प्रतिबद्घता समेत गरेका छन् ।


यसैगरी उपप्रमुखकी बिजेता सकुन्तला रोकायाले आफु महीला भएकै कारण विशेष गरि महिलाहरुले सुत्केरी हुने अवस्थामा सुरक्षित प्रसुति सेवा नपाउनु, स्वास्थ्यसम्म पहुँच नभएकै कारण गर्भवति महिलाको अकालमा नै मृत्यु हुने अवस्थालाई हटाउन नगरपालिकाका सबै गाउँ बस्तिलाई पहुँच पुग्ने गरि प्रसुति सेवा विस्तारमा लाग्ने  घरायसी तथा कृषि क्षेत्रमा महिलाको सहभागिता हुने तर परम्परागत कृषि प्रणालीले गर्दा महिला हिंसा जन्य घटना, पोषणको अभाव, लैंगिक हिंसा बढ्ने भएकाले पुरषहरुलाई समेत कृषि पेसामा आबद्ध गर्ने गरि आधुनिक कृषि प्रणाली प्रारम्भ गर्ने  

समाजका अन्य क्षेत्र जस्तै राजनितीक क्षेत्रमा पनि महिलाको सहभागिता संख्यात्मक रुपमा कम हुँदा केहि असहज हुँदोरहेछ । राजनितीक दलहरुले महिलाको समानुपातिक सहभागिताका कुरा गरे पनि दल भित्रैबाट महिला माथि हेपाहा प्रवृत्ति हावी हुँदो रहेछ ।

मुगु जिल्लाकै कान्छा छाँयानाथ रारा नगर पालीकाका बडा नम्बर ४ बाट प्यानल सहित बिजेता २५ बर्षका बिस्नु भामका अनुसार अहीलेको अबस्थामा यूवाहरुको नेतृत्वको आवश्यकता परेको छ । यूवाहरुलाई बिकासका बागडोर हुन पहिले पहल गमगढी बजार देखी चारचौतार बालै बजार सम्म सडक ८ मिटरको फराकिलो, शिक्षा, स्वास्थ्य, खानेपानी, बेरोजगार यूवालाई रोजगारको कार्याक्रम बजाउने लक्ष्य रहेको बताएका छन ।

सपथ ग्रहण पछि नगरपालिकाको कार्यालयमा गएर सवै पदाधिकारीहरुले नगरपालिकाको पदभार तथा जिम्मेवारी सम्हालेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता