सलिम अन्सारी | जेठ ९, प्युठान | नेकपा एमालेका कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन। सोमबार राष्टिय जनमोर्चासँग भएको चुनावी समिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी | जेठ ९, प्युठान | नेकपा एमालेका कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन। सोमबार राष्टिय जनमोर्चासँग भएको चुनावी समिक"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेतृत्वलाई २४ घण्टे अल्टिमेटम, तालमेल खारेजको माग

९ जेष्ठ २०७४, मंगलवार १६:११


सलिम अन्सारी | जेठ ९, प्युठान | नेकपा एमालेका कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन। सोमबार राष्टिय जनमोर्चासँग भएको चुनावी समिकरण फिर्ता गर्नुपर्ने माग गर्दै उनीहरुले अल्टिमेटम दिएका हुन । यदि पार्टिले तालमेलको निर्णय खारेज नगरे पार्टि बिरुद्ध शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।

सोमबार नेकपा एमाले र राष्टिय जनमोर्चाका जिल्ला अध्यक्षहरुले संयक्त रुपमा हस्ताक्षर गरी  स्थानिय तहको निर्वाचनका लागी दुइ दल एक भएको जानकारी गराएका थिए। विरोध कार्यक्रममा स्वगद्वारी नगरपालिकाकाका नगरकमिटी संयोजक हिरामणी भण्डारीले कार्यकर्ताको भावना विपरित पार्टि नेतृत्वले गरेको तालमेलको निर्णय  कुनै पनी हालतमा मान्य नहुने बताउनुभयो । नेतृत्वले तुरुन्त निर्णय नसच्चाए कार्यकर्ताले नछोडने र पार्टिको सँगठित सदस्यबाट समेत राजिनामा दिइने उहाँको भनाइ छ । 

कार्यकर्तासगँ सल्लाह नै नगरी नेतृत्वले एकलौटि तालमेलको सहमती गरेको उहाँको आरोप छ।

तालमेलको खवर पाएपछी सदरमुकाम पुगेका सयौ एमाले स्वर्गद्वारी नगर कमिटिका नेता तथा कार्यकर्ताहरुलेसमिकरण चाहीदैन, स्वगद्वारी नगरपालिकामा तालमेलको आवश्यकता पर्दैन, गिलास सँग सुर्य साटिन्न जस्ता नाराहरु लगाउँदै पार्टी कार्यालय घेराउ गरेका थिए । दुइ दलका बिचमा भएको सहमती अनुसार २ नगरपालिका प्यूठान नगरपालिकामा नेकपा एमाले र स्वगद्वारी नगरपालिकामा राजमोलाई मेयरदिने सहमती भएको थियो ।

त्यसैगरी मल्लरानी झिमु्रक र ऐरावती गाउँपालिका राजमोलाई र सरुमारानी, नौबहिनी माण्डवी र गौमुखी गाउँपालिका एमालेलाई दिने सहमती भएको छ । चुनावी तालमेल अहिलेको अबस्थामा जरुरी नभएको भन्दै राजमोका कार्यकर्ताले समेत असन्तुष्टी व्यक्त गरेका छन । उनीहरुले तालमेल आवश्यक नभएको भन्दै सहमती फिर्ता लिएर एकल प्रतिस्प्रधामा जान आ आफ्ना जिल्ला नेतृत्वलाई दबाव दिइरहेका छन ।  

यता एमाले समर्थित कार्यकर्ताहरुले पनी एमालेले मसालसँग तालमेल गरेर ठूलो गल्ति गरेको ठहर गर्दै  चामलसँग पिठो साँटेको सँज्ञा दिएका छन।

चुनाबी समिकरणको बिज्ञप्ती सार्बजनिक भएसँगै सामाजिक सँजाल मार्फत दुइ दलका कार्यकर्ताका ब्यापक  असन्तुष्टि बाहिर आएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता