२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार छान्यो (को-को परे ?)

१० जेष्ठ २०७४, बुधबार ०४:३३

जेठ १०, सुरुङ्गा (झापा) | नेकपा (माओवादी केन्द्र)ले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ । पार्टीको मङ्गलवार अपराह्न बसेको जिल्ला कमिटीको बैठकले उम्मेदवार छनौट गरेको हो । 

बैठकबाट बिर्तामोड नगरपालिकाका लागि प्रमुख पदमा पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता सिपी कडरिया र उपप्रमुखमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुलाई छनौट गरेको छ । कडरिया विकासप्रेमी युवानेता मानिनुहुन्छ । सरु अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष हुनुहुन्छ । 

त्यस्तै, दमक नगरको प्रमुख पदमा पार्टीका क्षेत्रीय इञ्चार्ज गगन पुरी (रेवतराज)ले आफ्नो उम्मेदवारी दुई महिनाअघि नै घोषणा गर्नुभएको थियो । दमकको उपप्रमुख पदमा आदिवासी जनजाति महासङ्घकी केन्द्रीय सचिव शान्तिदेवी धिमाललाई चयन गरिएको छ । 

कमल नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अधिवक्ता विमल सङ्ग्रौलालाई प्रमुख र उपप्रमुखमा गौरी राईलाई चयन गरेको छ । यसैगरी, गौरादह नगरपालिकामा पार्टीका नगर इञ्चार्ज पुष्प ढकाललाई प्रमुख र अर्पना राजवंशीलाई उपप्रमुखका लागि छनौट गरेको पार्टीका नगर सहसंयोजक कुमार खतिवडाले जानकारी दिनुभयो । 

त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा विद्यानन्दसिंह राजवशींलाई गाउँपालिकाको अध्यक्ष र कल्पना राईलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने बताइएको छ । शिवसताक्षी नगरपालिकामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराईलाई प्रमुखको उम्मेदवार छनौट गरिएको छ । 

यसैगरी, भद्रपुरको नगर प्रमुखमा शिवराज राजभण्डारी र उपप्रमुखमा स्वर्णिका सिंह, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्की (आयुष), कचनकवल गाउँपालिकाको अध्यक्षमा हंसनारायण राजवंशी र उपाध्यक्षमा ईश्वरीमाया गाइने, झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईं र शनिअर्जुन नगरपालिकाको प्रमुखमा भूपेन्द्र न्यौपाने र उपप्रमुखमा अस्मिता तामाङलाई दलको तर्फबाट उम्मेदवार छनौट गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य