२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार छान्यो (को-को परे ?)

२०७४, १० जेष्ठ बुधबार ०४:३३

जेठ १०, सुरुङ्गा (झापा) | नेकपा (माओवादी केन्द्र)ले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ । पार्टीको मङ्गलवार अपराह्न बसेको जिल्ला कमिटीको बैठकले उम्मेदवार छनौट गरेको हो । 

बैठकबाट बिर्तामोड नगरपालिकाका लागि प्रमुख पदमा पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता सिपी कडरिया र उपप्रमुखमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुलाई छनौट गरेको छ । कडरिया विकासप्रेमी युवानेता मानिनुहुन्छ । सरु अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष हुनुहुन्छ । 

त्यस्तै, दमक नगरको प्रमुख पदमा पार्टीका क्षेत्रीय इञ्चार्ज गगन पुरी (रेवतराज)ले आफ्नो उम्मेदवारी दुई महिनाअघि नै घोषणा गर्नुभएको थियो । दमकको उपप्रमुख पदमा आदिवासी जनजाति महासङ्घकी केन्द्रीय सचिव शान्तिदेवी धिमाललाई चयन गरिएको छ । 

कमल नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अधिवक्ता विमल सङ्ग्रौलालाई प्रमुख र उपप्रमुखमा गौरी राईलाई चयन गरेको छ । यसैगरी, गौरादह नगरपालिकामा पार्टीका नगर इञ्चार्ज पुष्प ढकाललाई प्रमुख र अर्पना राजवंशीलाई उपप्रमुखका लागि छनौट गरेको पार्टीका नगर सहसंयोजक कुमार खतिवडाले जानकारी दिनुभयो । 

त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा विद्यानन्दसिंह राजवशींलाई गाउँपालिकाको अध्यक्ष र कल्पना राईलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने बताइएको छ । शिवसताक्षी नगरपालिकामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराईलाई प्रमुखको उम्मेदवार छनौट गरिएको छ । 

यसैगरी, भद्रपुरको नगर प्रमुखमा शिवराज राजभण्डारी र उपप्रमुखमा स्वर्णिका सिंह, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्की (आयुष), कचनकवल गाउँपालिकाको अध्यक्षमा हंसनारायण राजवंशी र उपाध्यक्षमा ईश्वरीमाया गाइने, झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईं र शनिअर्जुन नगरपालिकाको प्रमुखमा भूपेन्द्र न्यौपाने र उपप्रमुखमा अस्मिता तामाङलाई दलको तर्फबाट उम्मेदवार छनौट गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक