५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटको नरहरिनाथमा एमालेका विष्ट विजयी

१० जेष्ठ २०७४, बुधबार ०४:४१

जेठ १०, कालीकोट | जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा (एमाले)का धिरबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँले दुई हजार ४६० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याउनुभएको छ । 

त्यसैगरी, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मनशोभा बुढा विजयी हुनुभएको छ । उहाँले दुइ हजार २४९ मत ल्याई विजयी हुुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुनिता बुढाले दुई हजार ३८ मत ल्याउनुभएको बताइएको छ । नरहरिनाथ गाउँपालिकामा चारवटा वडामा नेकपा (एमाले), तीनवटा वडामा नेकपा (माओवादी केन्द्र) र दुईवटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको निर्वाचन अधिकृत प्रदीपराज अधिकारीले बताउनुभएको छ । 

कालीकोट जिल्लामा दुई नगरपालिका (तिलागुफा र रास्कोट) सहित तीन गाउँपालिका (पचालझरना, सान्नित्रिवेणी र पलांता)मा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ भने खांडाचक्र नगरपालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ । 

महावै गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले)ले विजय हात पारेको छ भने नरहरिनाथ गाउँपालिकामा अध्यक्ष नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा पुनः भएको मतदानपछि नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता