२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाका दुई पत्रकारलाई काँग्रेसबाट स्थानीय निकायको टिकट

२०७४, १० जेष्ठ बुधबार ०४:५९

जेठ १०, गुलरिया (बर्दिया) | जेठ ३१ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ । 

वडा तथा नगर कार्यसमितिबाट वडा सदस्यमा सिफारिस भइआएका नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी र नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष युवराज श्रेष्ठलाई क्षेत्रीय कार्यसमितिले पनि अनुमोदन गरी उम्मेदवार बनाउने निर्णय गरेको हो । 

नेपाली काँग्रेसले भण्डारीलाई गुलरिया नगरपालिका–७ को वडा सदस्यमा र श्रेष्ठलाई वडा नं ५ को वडा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेकोमा बर्दियाका सम्पूर्ण पत्रकारले खुसी व्यक्त गरेका छन् । 

बर्दियाको पत्रकारिता, समाजसेवा र राजनीतिमा विशेष योगदान पुर्याउँदै आइरहेका पत्रकार राजभण्डारी र श्रेष्ठलाई अत्यधिक मतका साथ वडा सदस्यमा बिजयी बनाउन चुनाव प्रचारप्रसार समितिले सबैमा आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन