जेठ १०, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संसद सुचारु भए प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १०, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संसद सुचारु भए प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले सदन सुचारु गर्न नदिएपछी संसद बैठक आज पनि स्थगित

१० जेष्ठ २०७४, बुधबार ०७:४०


जेठ १०, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संसद सुचारु भए प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए ।  

मंगलबार नै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिने भनिएपनि एमालेको कारण उनले राजीनामा दिन पाएनन् र आज संसद बैठक बस्ने निर्णय भएपछी राजीनामा सहित संसद पुगेका प्रधानमन्त्री प्रचण्ड तीन दलबीच सदन सुचारु गर्नेबारे सहमति जुट्न नसके पछी त्यसै फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएको मुख्य तीन दलको बैठकमा एमालेका अध्यक्ष केपी ओली सहभागी नभएपछी आज बिहानको बैठक समेत बस्न पाएन । एमालेले प्रधानमन्त्री फेर्ने बिषयमा तदारुकता देखाएको छैन भने स्थानीय तहको संख्या बृद्धिको बिषयलाई लिएर विरोध समेत गरेको छ । एमालेले भनेको छ – 'निर्णय फिर्ता नभएसम्म संसद चल्न दिंदैनौं ।'

एमालेले बिरोधको सृंखला जारी राखेपछी आज हुने भनिएको संसदको बैठक भोलि अपराहृन ४ बजेका लागि बोलाइएको छ । भोलिको संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । तर एमालेले आफ्नो बिरोध कायम राखेको अवस्थामा भोली पनि संसद सुचारु हुने स्थिति नदेखिएको नेताहरुले बताएका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता