२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा एमाले उम्मेदवारको टुङ्गो लाग्यो (कहाँ को परे ?)

२०७४, १० जेष्ठ बुधबार ०८:३४

जेठ १०, इलाम | आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) इलामले यहाँका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ । 

आकाङ्क्षी धेरै भएपछि जिल्ला तहबाट उम्मेदवार छान्न नसकेपछि प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो जेठ ९ गते राति प्रदेश कमिटीले लगाएको हो ।

एमाले प्रचार समिति इलामका सचिव नवराज शङ्करका अनुसार १० वटै तहका प्रमुख र उपप्रमुखको उम्मेद्वारी घोषणासँगै सम्पूर्ण कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँगाउँ जान थालेका छन् । एमालेले ८१ वटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी एक साताअघि नै घोषणा गरिसकेको छ । 

एमालेले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा उदय राई, उपाध्यक्षमा शोभा पराजुली, माइजोगमाई गाउँपालिकाको अध्यक्षमा जीतबहादुर राई र उपाध्यक्षमा सावित्रा भट्टराई, सूर्योदय नगरपालिकाको प्रमुखमा आरबी राई र उपप्रमुखमा चित्रकला बराइलीलाई उम्मेदवार घोषणा गरेको हो । 

यसैगरी रोङ गाउँपालिकको अध्यक्षमा बृहस्पति भट्टराई र उपाध्यक्षमा विष्णुमाया खवास, माई नगरपालिकाको प्रमुखमा दीपक थेवे र उपप्रमुखमा विष्णुमाया आचार्य, चुलाचुली गाउँपालिकको अध्यक्षमा प्रदीपचन्द्र राई र उपाध्यक्षको नाम घोषणा हुन बाँकी छ । 

यस्तै माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा हेमन्त राई, उपाध्यक्षमा सुनिता योङहाङ, फाकफोकथुम गाउँपालिकको अध्यक्षमा दीपेन्द्र खनाल र उपाध्यक्षमा सरस्वती राई, देउमाई नगरपालिकाको प्रमुखमा सूर्य पोखरेल र उपप्रमुखमा पविमाया राई र इलाम नगरपालिकाको प्रमुखमा महेश बस्नेत र उपप्रमुखमा सुशीला नेम्वाङलाई उम्मेदवार घोषणा गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक