२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा चार महिला प्रमुखका उम्मेदवार

२०७४, १३ जेष्ठ शनिबार ०३:४८

जेठ १३, काँकडभिट्टा | झापामा साना ठूला दल गरी चार जना महिलाले प्रमुख पदको उम्मेदवारी पाएका छन् । 

सोअनुसार नेकपा (एमाले)ले कमल नगरपालिकामा मेनुका काफ्ले र नेपाली काँग्रेसले गौरीगन्ज गाउँपालिकामा फूलमति राजवंशीलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् । 

पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले आठ तह र एमालले नौ तहमा उम्मेदवार चयन गरिसकेका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख पदमा सीमित बनाइएको छ । 

नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जिल्लाभर उपप्रमुखमा मात्र महिलाको उम्मेदवारी तय गरेको छ । त्यसैगरी नयाँ शक्ति पार्टी झापाले मेचीनगर र अर्जुनधारा नगरपालिकामा क्रमशः पनिता ढकाल र देवकला प्रसाईंलाई प्रमुखको उम्मेदवारमा चयन गरेको छ । 

एकतिस दल दर्ता रहेको झापामा तीन पार्टीबाट चार जना मात्र उम्मेदवार हुनु सन्तोषजनक नरहेको अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष जसमाया गजमेरले बताउनुभयो । नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष सुशीला ढकालले संविधानले दिएको अधिकारसमेत नदिई निर्णायक तहमा महिलालाई अवसर नदिँदा मुख्य पदबाट विमुख हुनुपरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक