२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

२०७४, १३ जेष्ठ शनिबार ०३:५१

जेठ १३, पर्सा | स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ । 

राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन पर्साले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति सार्न अनुरोध गरेका हुन् । गठबन्धन पर्साका अध्यक्ष अब्दुलखैर अन्सारीले प्रजिअ केशवराज घिमिरेमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा यही जेठ १३ गतेदेखि मुसलमान समुदायको एकमहिने रमजान व्रत सुरु हुने र व्रतका क्रममा निर्वाचनका गतिविधिमा आफ्नो समुदाय सहभागी हुन नसक्ने भएकाले जेठ ३१ गते हुने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति अगाडि सार्न आग्रह गरिएको छ । 

ज्ञापनपत्रमा आउँदो असार ११, १२ र १३ गते मुसलमान समुदायको इद उलफित्र (इद पर्व)परेको र सोही मितिमा परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले उच्चमाध्यमिक विद्यालय कक्षा ११ को परीक्षा राखेकाले इद मनाउनबाट समुदायका बालबालिका वञ्चित हुने भएकाले परीक्षाको मितिसमेत इदपछि राख्न अनुरोध गरिएको छ । 

मुसलमान नागरिक समाज पर्साले समेत ज्ञापनपत्र बुझाउँदै स्थानीय तह निर्वाचनको मिति तथा कक्षा ११ को परीक्षालाई इदपछिको मितिमा सार्न आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन