६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चाँगुनारायणः दुई वडामा एमाले विजयी

१३ जेष्ठ २०७४, शनिबार ०४:०५

जेठ १३, भक्तपुर | मतगणना रोकिएको छ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा(एमाले)को समूह विजयी भएको छ । 

आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण–४ मा बुद्धलाल महर्जनको समूह विजयी भएको छ । महर्जनले एक हजार २६९ उहाँका निकटतम प्रद्विन्द्वी नेपाली काँग्रेसका गोपाल पोखरेलले ८९९ मत प्राप्त गर्नुभएको छ । 

विजयी हुने महिला सदस्यमा सपना तामाङ, दलित महिला सदस्य राममाया मिजार तथा खुला सदस्यमा रोजबहादुर तामाङ र दिनेश खनाल हुनुहुन्छ । 

चाँगुनारायण–३ मा एमालेका श्यामसुन्दर धिमालको समूह विजयी भएको छ । महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार तथा सदस्यमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी हुनुभएको छ । 

नगरप्रमुखमा एमालेका उम्मेदवार सोम मिश्रले अग्रता लिनुभएको छ । मिश्रले तीन हजार ७१४ मतले अग्रता लिनुभएको छ भने काँग्रेसका राजाराम खड्काले तीन हजार ३६६ मतले पछ्याइरहनु भएको छ । 

त्यसैगरी उपप्रमुखमा भने काँग्रेसकी सरु बानियाँले तीन हजार ८६० मतले अग्रता लिनुभएको छ भने एमालेकी विना बास्तोलाले तीन हजार ८२४ मतले पछ्याइ रहनुभएको छ । मतगणना जारी छ । 

यसअघि वडा नं ३ र ४ को मतगणनाका क्रममा गणक कर्मचारीले काँग्रेस र नेमकिपाको मत एमालेको उम्मेदवारका नाममा जोडेर धाँधली गरेको भन्दै एमालेबाहेकका दलले छ दिनसम्म मतगणना रोकेका थिए । 

छ दिनपछि पुराना कर्मचारी सबैलाई हटाएर नयाँ कर्मचारी राखी पुनःमतगणना सुरु भएपछि भने एमालेबाहेकका दलको आरोप झुटो भएको र उल्टै दुवै वडामा एमालेका उम्मेदवारको मत बढेको एमालेका नेता श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता