२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

माओवादी केन्द्रः चार नगरपालिकामा प्रमुख–उपप्रमुख उम्मेदवारको टुङ्गो

२०७४, १३ जेष्ठ शनिबार ०४:०६

जेठ १३, इलाम | स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ । 

माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा रामकुमार राई र उपप्रमुखमा शान्ता बस्नेतलाई उम्मेदवार चयन गरेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले बताउनुभयो । 

यस्तै सूर्योदय नगरपालिका प्रमुखमा राज राई र उपप्रमुखमा टीका घिमिरे तथा माई नगरपालिका प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापालाई छनोट गरिएको छ । 

नेकपा(एमाले)ले १० स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र अन्य सदस्यको टुङ्गो लगाइसकेको छ । नेपाली काँग्रेसमा पनि उम्मेदवारी प्रक्रिया चलिरहेको छ । केही ठाउँमा उम्मेदवार छनोट गरिसकेको काँग्रेसले आजसम्ममा उम्मेदवार टुङ्गो लगाउने काँग्रेसका प्रचारप्रसार विभागका प्रमुख निरोज खड्गीले जानकारी दिनुभयो । 

साङ्केतिक सामग्री प्रयोगमा प्रतिबन्ध 

निर्वाचनको प्रचारका लागि राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले टोपी, झोला, टिसर्टजस्ता साङ्केतिक सामग्री प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, प्रतीकचिह्न, झोलाजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री र प्रदर्शनमा रोक लगाउन निर्देशन दिएको छ । 

यसअघि पहिलो चरणमा समेत प्रयोगमा रोक लगाउन आदेश दिइए पनि कतिपय क्षेत्रमा यसको उल्लङ्घन भएको थियो । यसअघि निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ का मौनअवधिमा मात्र यस्ता सामग्रीको प्रयोग, बिक्री वितरण र प्रदर्शनमा रोक लगाउने उल्लेख गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयले सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि एवम सुरक्षा निकायसँग शुक्रबार अन्तक्र्रिया गर्दै जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । 

जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले आचारसंहिताले रोक लगाएको निर्वाचन चिह्न अङ्कित सामग्रीको प्रयोग नगराउन इलामका सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । 

निर्वाचन कार्यालयले जेठ २८ देखि ३० गतेसम्म सम्बन्धित स्थानीय तहको निर्वाचन कार्यालयबाट मतदाता परिचयपत्र उपलब्ध गराउने भएको छ । मुख्य निर्वाचन अधिकृत नवराज दाहालले राजनीतिक दललाई भौतिक पहिचान फरक लिएरभन्दा विचार, सोच र कार्यक्रम लिएर मतदातासम्म जान आग्रह गर्नुभयो । 

प्रजिअ जनकराज दाहालले सुरक्षाको दृष्टिले इलाम सुरक्षित रहेको बताउँदै राजनीतिक दलका भ्रातृ सङ्गठनलाई आचारसंहिता उल्लङ्घन हुन नदिन आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक