६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका पूर्वअर्थमन्त्रीले किन गरे महराको प्रशंसा ?

१६ जेष्ठ २०७४, मंगलवार १२:३१

जेठ १६, काठमाडौँ । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताएका छन् ।

मंगलवार आज रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन आचारसंहिताभित्र बसेर सङ्घीयतासम्बन्धी पहिलो बजेट ल्याएकाले अर्थमन्त्री महरालाई धन्यवाद दिनुपर्ने भन्दै सो बजेटले स्थानीय निकायलाई मजवुत बनाउने बताए ।

आफनो गाउँघरमा विकास गर्छु भनेर भोट मागेर विजयी भएका स्थानीय तहका पदाधिकारीले विकासको काम गर्दैन भन्ने आफूलाई नलागेको बताउँदै उनले नेपालमा व्यापार घाटा डरलाग्दो ढङ्गले बढेको र यसलाई सम्बोधन गर्न अव बन्ने सरकारले ध्यान दिनुपर्ने बताए ।

कृषि क्षेत्रमा लगानी गरी उत्पादन बढाउनुपर्ने, ठूलठूला उद्योगको स्थापना, राष्ट्रिय गौरवको आयोेजना अगाडि बढाउने राम्रो पक्ष भएको चर्चा गरे ।

यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले आर्थिक विकासको एजेन्डालाई केन्द्रमा राखेर बजेट ल्याएको बताउँदै नेपालमा पनि सङ्घीय बजेट सुरुवातको दर्ज भएको बताए ।

उनले ऊर्जा क्षेत्रको विकासमा रु ७८ अर्ब छुट्याएको छ, जुन अति राम्रो र महत्वपूर्ण छ भने । पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले संविधानले किटान गरेको समय सीमाभित्र सरकारले बजेट ल्याउनसक्नु राम्रो पक्ष भएको बताए । स्थानीय निकायले कार्यक्रम स्वीकृत गर्न नपर्ने, केन्द्रको योजना तल्लो तहमा हस्तान्तरण राम्रो पक्ष भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान