२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा काँग्रेसले उम्मेदवार चयन गर्‍यो

२०७४, १७ जेष्ठ बुधबार १०:३१

जेठ १७, इलाम । नेपाली काँग्रेस इलामले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । 

चार नगरपालिका र छ गाउँपालिकामा काँग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको टुङ्गो लगाएको हो । नेपाली काँग्रेस जिल्ला सचिव निरोज खड्गीका अनुसार १० वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएर सिफारिसका लागि केन्द्रमा पठाइएको छ । “जिल्लादेखि पठाएको नाम केन्द्रले अनुमोदन गरेर पठाउँछ,” खड्गीले भने।

काँग्रेसले इलाम नगरपालिका प्रमुखमा हिमालय कर्माचार्य र उपप्रमुखमा चन्दा कार्कीलाई उम्मेदवार बनाएको छ । माई नगरपालिका प्रमुखमा विष्णु कार्की र उपप्रमुखमा चन्द्रमाया सुब्बा, सूर्योदय नगरपालिका प्रमुखमा दुर्गा बराल र उपप्रमुखमा बन्दना पौडेल (अधिकारी), देउमाई नगरपालिका प्रमुखमा होम दुलाल र उपप्रमुखमा सूर्यकला राईलाई उम्मेदवार बनाइने भएको छ ।

त्यसैगरी, चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ र उपाध्यक्षमा लक्ष्मी मिश्र, माङसेबुङ गाउँपालिका अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुनु माखिम, रोङ गाउँपालिका अध्यक्षमा शमशेर राई र उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकी), फाकफोकथुम गाउँपालिका अध्यक्षमा रामकुमार श्रेष्ठ र उपाध्यक्षमा डालाकुमारी विष्टलाई उम्मेदवार बनाइने भएको छ ।

सन्दकपुर र माईजोगमाई गाउँपालिकामा यसअघि नै काँग्रेसले उम्मेदवार चयन गरिसकेको छ । काँग्रेसले ८१ वटा वडामा वडाध्यक्ष र अन्य सदस्यहरूको उम्मेदवारीसमेत घोषणा गरिसकेको सचिव खड्गीले बताए। 

गाउँ–गाउँमा मतदाता शिक्षाः

यसैबीच, पहिलो चरणको निर्वाचनमा धेरै मतपत्र बदर भएपछि दोस्रो चरणको निर्वाचनमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालय इलामले गाउँ–गाउँमा मतदाता शिक्षा सुरु गरेको छ ।

एक महिनापछि धकेलिएको स्थानीय निर्वाचन सम्पन्न गर्न कार्यालयले स्थागित गरिएको मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको हो । दुई चरणमा चुनाव तोकिनासाथ कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई स्थगित गरेको थियो ।

जिल्लाका २४४ मतदान स्थानमा नै मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । सबै मतदान केन्द्रमा एक÷एकजनाका दरले २४४ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए। जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा ८१ वटा वडा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक