२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा काँग्रेसले उम्मेदवार चयन गर्‍यो

१७ जेष्ठ २०७४, बुधबार १०:३१

जेठ १७, इलाम । नेपाली काँग्रेस इलामले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । 

चार नगरपालिका र छ गाउँपालिकामा काँग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको टुङ्गो लगाएको हो । नेपाली काँग्रेस जिल्ला सचिव निरोज खड्गीका अनुसार १० वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएर सिफारिसका लागि केन्द्रमा पठाइएको छ । “जिल्लादेखि पठाएको नाम केन्द्रले अनुमोदन गरेर पठाउँछ,” खड्गीले भने।

काँग्रेसले इलाम नगरपालिका प्रमुखमा हिमालय कर्माचार्य र उपप्रमुखमा चन्दा कार्कीलाई उम्मेदवार बनाएको छ । माई नगरपालिका प्रमुखमा विष्णु कार्की र उपप्रमुखमा चन्द्रमाया सुब्बा, सूर्योदय नगरपालिका प्रमुखमा दुर्गा बराल र उपप्रमुखमा बन्दना पौडेल (अधिकारी), देउमाई नगरपालिका प्रमुखमा होम दुलाल र उपप्रमुखमा सूर्यकला राईलाई उम्मेदवार बनाइने भएको छ ।

त्यसैगरी, चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ र उपाध्यक्षमा लक्ष्मी मिश्र, माङसेबुङ गाउँपालिका अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुनु माखिम, रोङ गाउँपालिका अध्यक्षमा शमशेर राई र उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकी), फाकफोकथुम गाउँपालिका अध्यक्षमा रामकुमार श्रेष्ठ र उपाध्यक्षमा डालाकुमारी विष्टलाई उम्मेदवार बनाइने भएको छ ।

सन्दकपुर र माईजोगमाई गाउँपालिकामा यसअघि नै काँग्रेसले उम्मेदवार चयन गरिसकेको छ । काँग्रेसले ८१ वटा वडामा वडाध्यक्ष र अन्य सदस्यहरूको उम्मेदवारीसमेत घोषणा गरिसकेको सचिव खड्गीले बताए। 

गाउँ–गाउँमा मतदाता शिक्षाः

यसैबीच, पहिलो चरणको निर्वाचनमा धेरै मतपत्र बदर भएपछि दोस्रो चरणको निर्वाचनमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालय इलामले गाउँ–गाउँमा मतदाता शिक्षा सुरु गरेको छ ।

एक महिनापछि धकेलिएको स्थानीय निर्वाचन सम्पन्न गर्न कार्यालयले स्थागित गरिएको मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको हो । दुई चरणमा चुनाव तोकिनासाथ कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई स्थगित गरेको थियो ।

जिल्लाका २४४ मतदान स्थानमा नै मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । सबै मतदान केन्द्रमा एक÷एकजनाका दरले २४४ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए। जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा ८१ वटा वडा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु