सागर शर्मा/जेठ १७, प्युठान । आसन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनको विषयमा सरोकारवाला विच अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/जेठ १७, प्युठान । आसन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनको विषयमा सरोकारवाला विच अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन का"/>

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा निर्वाचन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७४, १७ जेष्ठ बुधबार ११:१४


सागर शर्मा/जेठ १७, प्युठान । आसन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनको विषयमा सरोकारवाला विच अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय प्युठानको आयोजनामा उक्त कार्यक्रम भएको हो । 

अन्र्तक्रिया कार्यक्रममा हुन गईरहेको स्थानिय तहको निर्वाचनमा सबैले आ आफनो भुमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति प्युठानका स्थानिय विकास अधिकारी ईन्द वस्यालले वताए । साथै  आस्थाको खोजी र जिवन निर्वाहको लागि खेतिगर्ने समयमा निर्वाचनको दिन जुटेकोले निर्वाचनको लागि मतदान स्थल छनोट गर्दा धेरै पक्षलाई ध्यान दिन आग्रह गरे । चुनाव वर्षातको समयमा हुन लागेकोले यातायातको असुविधा पर्ने हुदा यातायात नियमित गराउन ध्यान दिन सम्वन्धित निकायलाई आग्रह गरे । 

मनोनयन दर्ता गर्ने प्रक्रियाको बारेमा जानकारी गराउदै जिल्ला न्यायधिस बासुदेव न्यौपानेले स्वतन्त्र, निष्पक्ष, धादलीरहित निर्वाचन गराउन सवै पक्षको सहकार्य र एकता अपरिहार्य भएको वताए ।  मुख्य निर्वाचन अधिकृत समेत रहेका उनले निर्वाचनमा खटिएर जाने कर्मचारीहरुलाई सहयोग गर्न स्थानिय राजनीतिक दल, संघसंस्था, नागरिक समाज, संञ्चारकर्मिलाई अनुरोध समेत गरे । 

निर्वाचन सुरक्षा र आचारसंहिताको विषयमा जानकारी गराउदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले तीन वटै सुरक्षा निकायहरुका प्रमुखहरुको वैठक बसी निर्वाचन सुरक्षासर्तकता अपनाईएको उनले वताए । 

जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर कवरले जिल्लामा रहेका मतदान केन्द्र, मतदान स्थल, मतदाता संख्या लगाएतका विषयमा जानकारी गराएका थिए । 

अन्र्तक्रिया कार्यक्रममा उपस्थित सबैले नमुना मतदान समेत गरेका थिए । 

जिल्ला न्यायधिस बासुदेव न्यौपानेको अध्यक्षताका भएको अन्र्तक्रिया कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, गैसस महासंघ, विषयगत कार्यालय, पत्रकार र दोस्रो चरणको लागि जिल्लामा खटिनुभएका निर्वाचन अधिकृतहरुको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ