सागर शर्मा/जेठ १७, प्युठान । आसन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनको विषयमा सरोकारवाला विच अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/जेठ १७, प्युठान । आसन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनको विषयमा सरोकारवाला विच अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन का"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा निर्वाचन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

१७ जेष्ठ २०७४, बुधबार ११:१४


सागर शर्मा/जेठ १७, प्युठान । आसन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनको विषयमा सरोकारवाला विच अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय प्युठानको आयोजनामा उक्त कार्यक्रम भएको हो । 

अन्र्तक्रिया कार्यक्रममा हुन गईरहेको स्थानिय तहको निर्वाचनमा सबैले आ आफनो भुमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति प्युठानका स्थानिय विकास अधिकारी ईन्द वस्यालले वताए । साथै  आस्थाको खोजी र जिवन निर्वाहको लागि खेतिगर्ने समयमा निर्वाचनको दिन जुटेकोले निर्वाचनको लागि मतदान स्थल छनोट गर्दा धेरै पक्षलाई ध्यान दिन आग्रह गरे । चुनाव वर्षातको समयमा हुन लागेकोले यातायातको असुविधा पर्ने हुदा यातायात नियमित गराउन ध्यान दिन सम्वन्धित निकायलाई आग्रह गरे । 

मनोनयन दर्ता गर्ने प्रक्रियाको बारेमा जानकारी गराउदै जिल्ला न्यायधिस बासुदेव न्यौपानेले स्वतन्त्र, निष्पक्ष, धादलीरहित निर्वाचन गराउन सवै पक्षको सहकार्य र एकता अपरिहार्य भएको वताए ।  मुख्य निर्वाचन अधिकृत समेत रहेका उनले निर्वाचनमा खटिएर जाने कर्मचारीहरुलाई सहयोग गर्न स्थानिय राजनीतिक दल, संघसंस्था, नागरिक समाज, संञ्चारकर्मिलाई अनुरोध समेत गरे । 

निर्वाचन सुरक्षा र आचारसंहिताको विषयमा जानकारी गराउदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले तीन वटै सुरक्षा निकायहरुका प्रमुखहरुको वैठक बसी निर्वाचन सुरक्षासर्तकता अपनाईएको उनले वताए । 

जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर कवरले जिल्लामा रहेका मतदान केन्द्र, मतदान स्थल, मतदाता संख्या लगाएतका विषयमा जानकारी गराएका थिए । 

अन्र्तक्रिया कार्यक्रममा उपस्थित सबैले नमुना मतदान समेत गरेका थिए । 

जिल्ला न्यायधिस बासुदेव न्यौपानेको अध्यक्षताका भएको अन्र्तक्रिया कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, गैसस महासंघ, विषयगत कार्यालय, पत्रकार र दोस्रो चरणको लागि जिल्लामा खटिनुभएका निर्वाचन अधिकृतहरुको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान