जेठ १७, काठमाडौं । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावको लागि निर्वाचन आयोगले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले निकालेको तालिका अनुसार असार २ गते बेलुकी ५ बजेसम्म उम्मद्वारको मनोनयन गर्ने, ३ गते विरोधमा उजुरी दिने र ४ गते उम्मेद्वारको नामावली प्रकाशन हुनेछ । असार ४ गते उम्म्द्वारी फिर्ता लिन सक्ने र ५ गने अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
असार ५ गते नै उम्मेद्वारलाई चुनाव चिन्ह दिने र १४ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।